ताजा अपडेट »

सुनको भाउ स्थिर, चाँदीकाे घट्यो

विहीबार, २८ बैशाख २०८०, ११ : ४३
4 Shares
विहीबार, २८ बैशाख २०८०
4 Shares

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।  

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने घटेको छ।  बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।