१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

गुल्मी । वनमा लागेको डढेलो निभाउने क्रममा विहिबार राती गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनको आगो निभाउने क्रममा गम्भीर घाइते स्थानीय ५२ वर्षीय धन बहादुर जोगि कुवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा शुक्रवार बाटोमै मृत्यु भएको हो । घाइते भएका अर्का १३ वर्षीय बालक दिपक कुमालको घटना भएकै राती मृत्यु भएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालबाट काठमाडौं रिफर गरिएका जोगि कुवरको बाटोमा मृत्यु भएको पुष्टि गरेका हुन । त्यस वडाका अध्यक्ष पदम बिष्टले उनको बर्दघाट पुग्दा मृत्यु भएको बताए । उनका अनुसार घटना हुने दिन साझ ६ बजेदेखि आगो निभाउन खटेका गाउँबासी मध्ये होसियारी अपनाउन नस्क्दा उनिहरुको पूरै शरीर जलेको थियो ।

मृतकका परिवारलाई ४० हजारका दरले कृया खर्च दिने र क्षतिपूर्ति राहतका लागि प्रदेश र संघमा सिफारिस गर्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । जिल्ला प्रहरी प्रमुख एसपी नवीन कुमार प्रधानले गत फागुनदेखि बैशाख ८ गतेसम्म जिल्लाका ५१ स्थानमा आगो लागि भएको र यस अवधिमा चार जनाको ज्यान गएको बताए।

मृतकका परिवारलाई दुई लाखका दरले राहत प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए । सुरक्षा निकाय वा सरकारी मानिस आगो नियन्त्रणमा त्यसरि मृत्यु वा अङ्ग–भङ्ग हुँदा ठूलो रकम पाउने तर नागरिकको मृत्यु हुँदा भने जम्मा दुई लाख मात्रै दिनु भनेको नागरिकको ज्युज्यानको अबमुल्यान हुनु सरह भएको नागरिक अगुवाहरु बताउछ्न ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने