२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

Advertisement

सिरहा। मधेस प्रदेशमा दाइजाे प्रथासँगै महिला हिंसाको घटनामा कमि आएकाे छैन । बढ्दो दाइजाे प्रथाका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन्। केटी पक्षले भनेजति दाइजाे नदिएकै निहुँमा मधेशमा महिलाकाे हत्यासम्म हुने गरेको छ। 

बढ्दो दाइजाे र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द, नेपाल (सीडीडव्लूएन) ले मधेश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’सम्वन्धी सडक नाटक प्रदर्शन गरेको  छ।  नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ देखाएको छ। ‘छोरा नपाएकै कारण बुबाआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ। 

भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ।  त्यस्ता श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहाेर्नुपर्नेदेखि हत्यासम्म हुने गरेको मधेशको तितो सत्य हो। जसलाई नाटकले प्रस्ट पारेको छ।विशेषगरी मधेसी समाजमा भनेजति दाइजाे नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्वका साथ नाटकले दर्शाएको छ। सामाजिक कुशंस्कारको रुपमा रहेको दाइजाेप्रथा, छोरी जन्माएकाे कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ। 

समाजमा कुरीतिको रुप लिँदै गरेको दाइजाेप्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा र मानवीय कलङ्कको रुपमा रहेको छुवाछुतप्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरुमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक संचिता महर्जनको भनाई छ।  आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटको मुख्य भूमिकामा सिरहाका चर्चित कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनील लामा, टुना आले मगर, विजय साहसहित दर्जनबढी कलाकारको सहभागिता छ। नाटक सिरहाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा पर्दशन गरिएको छ। त्यसैगरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर