ताजा अपडेट »

रुपन्देहीको शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुससहित पक्राउ

विहीबार, १६ चैत्र २०७९, १२ : ५१
83 Shares
विहीबार, १६ चैत्र २०७९
83 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको ग्लोबल आवाजलाई बताए । नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज विहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।