२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

धनगढी । कैलालीमा यसवर्ष आँपको राम्रै फल लाग्ने आंकलन गरिए पनि फूलमै रोग देखिएका कारण त्यो आ‌ंकलन गलत हुन सक्ने देखिएको छ । व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँपको फलमा फड्केकिराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित् बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर फूल फुल्दा खुसी भए पनि अहिले फड्के किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको गेटास्थित आँप कृषक रामहरी ओझाले बताए ।

Advertisement

उनका अनुसार मधुवा किराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुरा फूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । ‘पहाडमा लालीगुराँस फुलेझैँ आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर फूलमा ढूसी लागेर कालो बनाएको छ, जसका कारण् आसा गरेजस्तो आँप नफल्ने भएको छ,’ उनले भने । 

धनगढी–३का भोजराम चौधरीले पनि आफ्नो १० कठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा किराको प्रकोप देखिएको बताए । उनले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए । चौधरीको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा किराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उनको भनाइ थियो ।

धनगढी–१२ का जीवन शर्माले पनि आँपको पूलकै ढूसी पलाएको बताए । ‘लहलह फूल देखेर रहर लागेको थियो,’ शर्माले भने, ‘तर अहिले फूल पूरै ढडेर कालो भएको छ, यस्तो पहिला देखिएको थिएन, यस पटक के रोगलागेछ पत्तै भएन ।’ घरमा एक दुई वटा मात्रै रुख भएका कारण औषधी वा विषादी खरिदको चक्करमा भने नलागेको उनले बताए । 

कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगुन्द्र शर्माले भने रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाउन सके फूललाई बचाउन सकिने बताए । त्यसका लागि किरा मार्ने र ढुसी नष्ट गर्ने विषादी छर्कनुपर्ने कार्यालय प्रमुख शर्माले बताए । किरा मार्न बजारमा नीमले बनाएको औषधी पाइने भए पनि ढुसीका लागि भने विषादी नै प्रयोग गर्नुपर्ने उनले बताए । ‘ढुसी लाग्न सुरु हुनेवित्तिकै विषदी प्रयोग गर्न सके फललाई बचाउन सकिने उनले बताए । तर, रोग लागिसकेपछि भने विषादी प्रयोग गरेर पनि केही फाइदा नहुने उनले बताए ।

मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा किराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञानबिना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने र फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ ।’

मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पुर्‍याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । विषादी र रोग नियन्त्रणका लागि कृषि विज्ञसँग सुझाल लग्न कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री