१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

पुस २५,

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगमा खेल मैदानमै झगडा गर्ने ६ जना खेलाडीलाई कारबाही गरेको छ । सहिद स्मारक ए डिभिजन लिग अन्तगर्त पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेललगत्तै दुबै टोलीका खेलाडी मैदानमै झगडामा उत्रिएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको सूचना अनुसार मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५ /५ खेलमा प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई दश हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । अन्य ४ खेलाडीलाई २/२ खेल प्रतिबन्ध लगाएको जनाइएको छ ।

मनाङकै फरवार्ड रञ्जन विष्टलाई पनि दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई पनि २/२ खेलमा प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । त्यसैगरी, मनाङका किट्स व्यवस्थापक शिव लामामाथि लिगको बाँकी खेलका लागि प्रतिबन्धसँगै १० हजार रुपियाँ जरिवाना तोकिएको छ ।

टिम बेञ्चमा अनुशासन कायम राख्न नसकेको भन्दै अनुशासन समितिले मनाङ र मच्छिन्द्र दुबै टोलीमाथि ५०/५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय समेत गरेको छ । उक्त झगडा छुट्टाउनको लागि प्रहरी नै मैदानमा प्रवेश गर्नुपर्यो । केहीबेरको तनावपछि सुरक्षाकर्मीले सबैलाई मैदानबाट हटाएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली