२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । सुरक्षित यात्रा नेपालले सवारी चालकहरूलाई सम्मान गरेको छ । लामो समयदेखि सवारी चालक पेशामा आवद्ध रही कुनैपनि मानवीय र भौतिक क्षति नगरि सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यसम्म पुराउने बुटवल उपमहानगरपालिका क्षेत्रबाट चल्ने, छुट्ने साना ठुला यात्रुवाहक एवम् मालवाहक सवारी साधनका ४० जना चालकहरुलाई सोमबार बुटवलको बसपार्कमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

Advertisement

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आफू कुनै बेलामा यातायातको क्षेत्रमा आवद्ध भएर काम गरेको र सुरक्षित, अनुशासित र मर्यादित यात्रामा पुयाउने सवारी चालक सम्मानित हुँदा खुशी लागेको बताए । सार्वजनिक सवारीको संख्या पछिल्लो समय बढे पनि सवारी चालकको बोली र व्यवहारका कारण नराम्रो नजरले हेर्ने गरीकाले भाषागत शिष्टतामा ख्याल गर्नु पर्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सवारी चालक पेशालाई सम्मानित गराउने पर्ने बताए । सडक दुर्घटनाका कारण मध्य प्रमुख कारण सडक, सवारीको कन्डिशन र चालक रहेको र चालक अनुशासित भए दुर्घटनालाई रोक्न सकिने बताए । साथै दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक र निजी सवारी साधनको लागि छुट्टाछुट्टै लाइसेन्सको व्यवस्था गरि सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।

पश्चिमाञ्चल बस व्यवसायी सँघका अध्यक्ष अध्यक्ष नारायण घिमिरेले सवारी पेशालाई राज्यले उपेक्षा गरेको गुनासो गरे । विमान दुर्घटना हुदा आयोग गठन हुने तर सडक दुर्घटना हुँदा राज्यले कुनै छानबिन समेत नगर्ने गरेको बताए । राज्य दुर्घटनाको कारण पत्ता लगाउन पनि सडक दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्नु पर्ने बताए ।

राजमार्ग सुरक्षा तथा सडक सुरक्षा बुटवलका प्रमुख कृष्ण प्रसाईले सवारी दुर्घटनाको सबै दोष सधैं चालकलाई मात्रै दोश लगाउन नहुने बताए । सडक दुर्घटना तिब्र गति, मापसे र ओभर लोडका कारण धेरै हुने गरेकाले सावधानी अपनाएर सवारी चलाए दुर्घटना कम हुने बताए । सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले सवारी चालकहरुको मनोबल उच्च राख्नका लागि लामो समयदेखि सवारी चालक पेशामा आवद्ध रही कुनैपनि मानवीय र भौतिक क्षति नगरि सुरक्षित, अनुशासित र मर्यादित यात्रामा पुर्याउने सवारी चालकलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पाण्डे, सुरक्षित यात्रा नेपालका सँरक्षक अर्जुन राना भाट, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होमबहादुर केसी र अधिवक्ता महेन्द्र पाण्डे र कार्यक्रम संयाेजक दिपक ढकालले सम्मानित हुने सवारी चालकको प्रशंसा गर्दै यो सम्मानले सबै सवारी चालकहरु मनोबललाई उच्च राख्न टेवा पुग्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु