Sep 23, 2023
पुस २४,
ग्लोबल आवाज
बुटवल । तिनाउ मिशन डेभलपमेण्ट बैंकले विद्यार्थीलाई सहयोग प्रदान गरेको छ । बैंकले कपिलबस्तुु स्थित श्री महेन्द्र मा.वि., कोपवाका विद्यार्थीहरुलाई सेनेटरी नेप्किन भेण्डिङ मेशिन प्रदान गरेको छ । बिहिबार एक समारोहका बीच बैंकका कार्यकारी प्रमुख,शाखा प्रबन्धक,कर्मचारी सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राचार्य लगाएतको सहभागितामा उक्त मेशिन हस्तातन्तरण गरेको हो ।
सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको मासिक रक्तश्रापको समयमा सुरक्षित,व्यस्थित र स्वस्थ रहन सहयोग गर्ने उद्देश्यले बैंकले सामाजिक दायित्व अन्तर्गत भेण्डिङ मेशिन प्रदान गरेको बैंकका बैंकका कार्यकारीय अधिकृत प्रदिप कुमार श्रेष्ठले बताए । बुुटवलमा केन्द्रिय कार्यालय रहेका बैंकले यस अघि ६ वटा विद्यालयमा सोही प्रकारको मेशिन प्रदान गरिसकेको छ । साथै बैंकले सोही विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वर्षभरको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । ग्रामिण भेगका छात्राहरु महिनावारीमा विद्यालयमा नआउने समेत समस्या रहेको बताउँदै बैंकले प्रदान गरेको मेशिन प्रभावकारी हुने विद्यालयका प्राचार्य कामका चौधरीले बताए ।
बैंकका कोपवा शाखा प्रबन्धक अनन्तराज भट्टराईले ग्रामिण क्षेत्रका विद्यार्थीलाई सहयोग र छात्रवृत्ति प्रदान गर्ने अभियान अन्तर्गत सहयोग वितरण गरिएको बताए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जिबी गिरी, बैंकका पिपरा शाखाका प्रबन्धक भिमकान्त भट्टराई लगाएतले बोल्दै सहयोगको समुचित प्रयोग गर्न आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस्