२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । नेकपा एमालेको पार्टी शुद्दिधिकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियान टोलटोलमा जारी छ । अभियान अन्तर्गत बुधबार रूपन्देहीको तिलोत्तमा १ मा टोल कमिटी बिस्तार गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य बिमला पन्थीले देश र जनताका लागि लड्ने एकमात्र पार्टी नेकपा एमाले नै भएको बताइन् ।

Advertisement

उनले टोल कमिटी भनेको पार्टीको पिल्लर भएको बताउँदै पिल्लर बलियो भएमा घर बलियो हुने र त्यो घर सिंगो नेकपा एमाले भएको बताइन् । उनले प्रत्येक व्यक्तिको समस्या बुझ्ने र नजिक हुने भनेको नै स्थानीय कार्यकर्ता भएको उल्लेख गर्दै अबको नेतृत्व युवाको काँधमा रहेको बताइन् । अब एमालेले प्रत्येक व्यक्तिलाई उत्पादनसँग जोड्ने उदेश्य लिएको बताइन् ।

मिसन ग्रासरूटबाट पार्टीमा भएका समस्या पत्ता लगाई सोहि आधारमा पार्टीले आवश्यक प्रशिक्षण दिने बताइन् । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वाड नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले वडामा बाटोघाटोका समस्या रहेको स्वीकार्दै अब यसतर्फ विशेष ध्यान दिइने बताए । कार्यक्रममा सहभागीले बाटोघाटो र विद्युत पोललगायतका समस्या भएकोले छिट्टै नै यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

साथै पार्टीमा योगदानका आधारमा हरेक व्यक्तिको उच्च मूल्यांकन गर्नुपर्ने भन्दै अहमताको भावना त्याग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रम टोल कमिटी अध्यक्ष प्रेम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने