ताजा अपडेट »

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न

बुधबार, ०८ चैत्र २०७९, १९ : ०२
12 Shares
बुधबार, ०८ चैत्र २०७९
12 Shares

बुटवल । स्विफ्ट एजुकेशनको आयोजना यहि २०२३ मार्च १७ देखि १९ गते चलेको करियर परामर्श सम्पन्न भएको छ। डेल्टा एजुकेसन मार्ट मिलनचौकमा आयोजना गरिएको कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको हो । युवाहरुलाई आ-आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल र नेपालभरीका थुप्रै विद्यार्थी र युवा मात्र नभई विभिन्न क्याम्पस, प्रमुख तथा अन्य कम्पनीका व्यापार प्रमुखहरूको पनि सहभागिता थियो ।

अन्तर्राष्ट्रिय बूटक्याम्प मार्गदर्शन खोज्दै गरेका युवाहरुका लागि एक उत्कृष्ट अवसर रहेको जनाइएको छ । यो कार्यक्रममा सहभागीहरुले ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग र उद्यमिता क्षेत्रहरुमा उद्योग विशेषज्ञहरुबाट सल्लाह लिदै उद्योगमा मूल्यवान अनुभवहरु प्राप्त गरेका हुन । कार्यक्रमका अन्तरक्रियात्मक गेम जोनहरूमा सहभागीता जनाएका थिए । नेटवकिङ्ग जोनमा ठुला–ठुला नाम चलेका कम्पनीहरुका संचालक र प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।

स्विफ्टसँगै सम्बद्ध अरु कम्पनीहरु, सिटी ९७७ र सयपत्रीको आगामी प्रोजेक्टहरुको पनि कार्यक्रममा जानकारी प्रदान गरिएको थियो । स्विफ्टको टेक्नोलोजी देखेर सहभागीहरुले प्रसंसासमेत गरेका थिए ।
नेपाली नयाँ वर्ष २०८० कै दिन शुरुवात हुने सिटी ९७७, एक अनलाइन खाद्य र ग्रोसरी डेलिभरी एप हो भने, सयपत्री एक अफलाइन भुक्तानी सेवा प्रदता हो, जसले इन्टरनेट वा सुरक्षा पिनको बिना नै स-सानो भुक्तानीहरु आर.एफ.आइ.दि. टेक्नोलोजीद्वारा गर्ने छ । स्विफ्ट एजुकेशनले नेपालमा उच्च गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बुट क्याम्पको पूर्व तयारी स्वरुप यो कार्यक्रम आयोजना गरिएको छ । जसमा ६ महिना सम्मको कोर्ष गराउने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।