१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो । खुकुरीले उपविजेतामा चित्त बुझायो ।

Advertisement

उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गर्यो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२.३ ओभरमा खेल्दै सबै विकेट गुमाएर जम्मा ९४ रनको झिनो योगफल बनाएको थियो । उसका लागि अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देब खनालले २३ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ५.३ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ६ विकेट लिए । यस्तै, इकलाख वारिसले १ विकेट लिए ।

प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै समेटियो र उपविजेतामा चित्त बुझायो । खुकुरीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न नसक्दा टिमले सामान्य लक्ष्य भेट्टाउन नसकी हार ब्यहोरेको हो । खुकुरीका इकलाख वारिस र संदीप रजालीले सर्वाधिक ८–८ रन बनाए भने प्रज्वल थापाले ७ रन मात्रै जोडे । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नकन बिष्णु पाण्डेले ४.१ ओभरमा १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिए । उनी म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे । यस्तै, अनिल खरेल र अभिषेक गौतमले समान २–२ तथा देब खनालले १ विकेट लिए ।

प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका प्रज्वल थापा वेष्ट ब्याटर र इकलाख वारिस बेष्ट बलर बने भने बुटवल राइनोजका सुन्दर आले उदयीमान खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजारका दरले पुरस्कार प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित सुपरलिगको यो २२ औं संस्करण हो । २०५४ सालदेखि संघले नियमितरुपमा सुपरलिग आयोजना गर्दै आएको छ ।

नेपालमा जिल्लास्तरमा ५० ओभरको सुपरलिग आयोजना हुने रुपन्देही जिल्लामा मात्रै हो । प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टिमको सहभागिता थियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादु चन्द, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल टेलिकमका निर्देशक शैलेशबहादुर अमात्य, संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका थिए । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै