१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मुलुकको कहाली लाग्दो अवस्थाबाट बच्नका लागि सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय सहमतीको खोजी गर्न आवश्यक रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्था कहाली लाग्दो गतिमा ओराली लागेको बताउँदै उनले त्यसबाट बच्नका लागि सबैले सोच्न आवश्यक रहेको उल्लेख गरे ।

Advertisement

प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले श्रीलङ्का र पाकिस्तान हुँदै नेपालमा पनि आर्थिक संकटको अवस्था आउन लागेकोप्रति सचेत गराए । आर्थिक रुपमा मुलुक टाट पल्टिने बाटोमा रहे पनि त्यो अवस्थामा पुगिनगसकेको बताउँदै उनले पुनः लयमा ल्याउनका लागि सचेत गराए ।

यसैगरी फरक प्रशङ्गमा नेता केसीले संविधान भित्रका केही ब्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था आएको बताएका छन्। अहिलेको विकृती र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका केही व्यवस्था फेर्नु पर्ने अवस्था आएको उनले उल्लेख गरे । संविधानमा जहा जहा कमि कमजोरी देखिन्छन् त्यसलाई सुधार गर्दै जानुपर्ने बताए ।

‘सर्वसाधारणका गुनासा अगाडि जसरी आएका छन् त्यसका आधारमा मोडल चेन्ज गर्नु पर्छ। हामीले नै बनाएको संविधान हो त्यसप्रति गुनासा आउन थाले भने हामीले नै त्यसका विषयमा सोच्नु पर्छ।’– केसीले भने। ‘प्रदेश र स्थानीय सरकार संघीय सरकार संघको समन्वयका आधारमा चल्ने विधी हो तर त्यसमा कमजोरी देखिएको छ। यसका कारण पनि संघीयता प्रति गुनासो आएको हो भन्ने लाग्छ ।’ उनले भने।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा