१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । रुपन्देही कञ्चन गाउपालिका वडा नं. १ मा १८ महापुराण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ । धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा हुन लागेको महायज्ञमा प्रमुख कथा बाचक ईश्वर रेग्मीले कथा वाचन गर्नेछन् ।

Advertisement

महायज्ञ बिश्व शान्तिका लागि आयोजना गरिएको हो । चैत ८ गतेदेखि १६ गते सम्म चल्ने महायज्ञमा पाठ पुराण, ३० भन्दा बढी पण्डितहरुले स्वस्ति वाचन गर्नेछन् । स्थानीय समाजसेवि एवं कञ्चन गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष हरिनारायण थारुले समाज अन्धकारमा गएको, नैतिकता हराएको भन्दै महायज्ञबाट नैतिक शिक्षाका साथै धर्म संस्कृतिको रक्षा हुने बताए । त्यस्तै थारुले महायज्ञ सफल पार्न वडाले गर्नुपर्ने सहयोगका लागि तयार भएको बताए ।

त्यस्तै धर्ती माता विष्णु कुँवरले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि आफुले महायज्ञ गर्न लागेको बताईन् । सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई छ । धर्म गर्ने संस्कारको विकास समेत महायज्ञबाट हुने उनले बताईन् । धर्ती माताबाट प्रभावित भएर अमेरिकाबाट नेपाल आएकी सीता थापाले धर्ती माताले सर्वत्र शान्तिको कामना गर्दै हिंडेको भन्दै सबैले धर्म र संस्कृतिलाई अनुसरण गर्नुपर्ने बताइन् ।

पत्रकार सम्मेलनमा बोल्दै आचार्य विशालले मुलुकमा नैतिक शिक्षा नहुँदा समाज दिन प्रतिदिन अराजकतातर्फ अगाडि बढिरहेको भन्दै यसको अन्त्यका लागि धर्म संस्कृतिको रक्षा, सम्बर्द्धन र यसको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु