Mar 28, 2023
बुटवल । पाल्पा तिनाउ गाउँपालिका-३ को पर्यटकीय क्षेत्र नुवाकाेटमा रहेकाे बेवरेचिउरी गाैंडा सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय डढेलाे नियन्त्रण सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार आफ्नाे सामुदायिक वनमा निर्माण गरिएका अग्निरेखाहरुकाे सरसफाई तथा पतझरहरुलाई व्यवस्थापन गर्ने काम सम्पन्न गरेकाे छ ।
पर्यटकीय क्षेत्रमा पर्ने आफ्नाे सामुदायिक वनमा कुनैपनि कारणले डढेलाे लाग्न नदिन समूहले प्रत्येक वर्ष डढेलाे नियन्त्रण सप्ताहमा यस्तै कार्यक्रम गर्दै आएकाे समुहकी सचिव हरिकला कुमालले बताईन् । साथै वनकाे संरक्षण र सम्वर्धनका लागि आफ्नाे वन समूहले झाँडी सरसफाइ,अग्निरेखा निर्माण र डढेलाे नियन्त्रण सम्बन्धि सचेनामूलक अभियान सञ्चालन गर्दै आएकाे उक्त वन समूहका अध्यक्ष जुद्वबहादुर थापाले जानकारी गराए ।
रुपन्देही र पाल्पाकाे सीमानामा पर्ने उक्त सामुदायिक वन डढेलाे जाेखिम क्षेत्रमा रहेकाेले त्यहाँका उपभोक्ताहरु डढेलाे नियन्त्रणका लागि सधैं सचेत भई चाेरी सिकारी तथा चाेरी निकासीबाट सदैव चनाखाे हुनुपर्ने सामुदायिक वनहरुकाे छाता संगठन सामुदायिक वन समन्वय समिति,तिनाउका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले बताए ।
सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाले डढेलाे नियन्त्रण सप्ताहव्यापी कार्यक्रमकाे अन्तिम दिन चैत्र ७ गते कचलमा डढेलाे नियन्त्रण आमसभा गर्ने भएकाे छ ।
प्रतिकृया दिनुहोस्