ताजा अपडेट »

ओमसतिया अध्यक्ष कप क्रिकेट : वडा नम्बर ५ को पहिलो ओभरमै जित

विहीबार, ०२ चैत्र २०७९, १८ : ३५
8 Shares

भैरहवा । ओमसतिया गाउँपालिकामा जारी अध्यक्ष कप–२०७९ अन्र्तगत बिहिबार सम्पन्न भएको २ वटा खेलमा गाउँपालिकाको दुबै टिम पराजित भएको छ ।

गाउँपालिका टिम र वडा नम्बर ५ को बिचमा भएको पहिलो खेलमा वडा नम्बर ५, १० विकेटले जित निकालेको छ । टस जितेर गाउँपालिकाको टिमले ब्याटिङ्ग रोजेको थियो । गाउपालिका बि का कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । उसका लागि शैलेन्द्र, शिवलाल र हेमन्तले समान ३/३ रन जोडदा टोली ७ दशमलव १ ओभरमै अलआउट हुदै १९ रन मात्र बनाएको थियो । टिम बि लाई सस्तोमा समेटने क्रममा वडा नम्बर ५ का बिरु र दुर्गेशले समान ३/३ विकेट बाडेका थिए । वडा नम्बर ५ दिनेशले २ विकेट लिए ।

२० रनको लक्ष्य सहित मैदान छिरेका वडा नम्बर ५ का ओपनर दुर्गेशले ४ पहिलो ४ बलमै टिमलाई जित दिलाएका थिए । ४ बल खेलेका उनले २ छक्का र २ चौका सहित ४ बलमै लक्ष्य भेटाएका थिए । खेलमा वडा नम्बर ५ बाट ६ रन खर्चेर ३ विकेट लिएका बिरु म्यान अफ द म्याच घोषित भए ।

बिहिबार नै गाउँपालिका टिम ए र वडा नम्बर ६ बिच सम्पन्न भएको दोश्रो खेलमा वार्ड नम्बर ६, ५ विकेटले विजयी भएको छ । टस जितेर गाउँपालिका टिम ए ले ब्याटिङ्ग रोज्दै ८८ रन बनाएको थियो । उसको लागि मनोजले सर्वाधिक २१ रन बनाउदा सागरले १६ रन र दिनेशले १५ रनको ब्यक्तिगत योगदान दिएका थिए । बलिङ्ग तर्फ वडा नम्बर ६ का चन्द्र शेखरले ३ विकेट एवम मनोहर र राजकुमारले समान २/२ विकेट लिएका थिए ।

८९ रनको बिजयी लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ६ खेलको ११ ओभरमा लक्ष्य भेटाएको थियो । उसका लागि मनोहरले ५० रन बनाए भने कृष्णले १८ रन र बिकासले ९ रन बनाएका थिए । बलिङ्ग तर्फ गाउँपालिका टिम ए का मनोज र मान बहादुरले समान २/२ विकेट लिएका थिए । खेलमा २ विकेट लिएर ५० रन बनाएका मनोहर म्यान अफ द म्याच घोषित भए ।

शुक्रबारको पहिलो खेल वडा नम्बर १ र वडा नम्बर ५ का बिच तथा दोश्रो खेल वडा नम्बर ३ र वडा नम्बर ६ का बिच हुने आयोजक द राईजिङ्ग क्लब अफ बर्दिहवाका राकेश गुप्ताले जनाए । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओम सतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत्र १ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ ।

गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।