१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । आइसिसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत नेपालले आइतबार घरेलु मैदानमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबारको खेलमा जित दर्ता गर्दै नेपाल शिर्ष ३ मा रहेर सिधै विश्वकप खेल्ने योजनामा रहने छ भने युएई  ओडिआई मान्यता पक्का गर्न चाहान्छ ।

Advertisement

नेपालले बाँकी रहेका ३ वटै खेलमा जित दर्ता गर्न सकेमा सिधै विशवकप छनोटमा सहभागी हुन पाउने छ भने यूएईको विश्वकप छनोटमा सिधै प्रवेश गर्ने अवसर लगभग गुमाइसकेको छ ।

खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपालले अबका २ खेल जिते मात्रै पनि आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का हुने छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि आइतबार युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिनेछ । भोलीको खेल जितेमा बाँकी दुवै खेलमा पराजित भएपनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउनेछ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै ओडिआई मान्यता पक्का गर्ने पहिलो उद्देश्यलहुनेछ ।

यता युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा हुनेछ । युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । नेपालसँग पराजित भएमा ओडिआई मान्यता सोझै प्राप्त गर्ने अवसर निकै कठिन बन्नेछ । नेपालसँग पराजित हुँदा ओडिआई बचाउन युएईले बाँकी दुई खेलमा अप्रत्याशित फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।

यता नेपालले पछिल्ला ९ मध्य ८ खेलमा जित हात पारेको छ । पछिल्ला पाँच घरेलु मैदानमा नेपाल पराजित भएको छैन । उता युएईले पछिल्ला १० खेलमा २ मा मात्रै जित हात पारेको छ । नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । युएई भने शीर्ष तीन दौडबाट बाहिरिएको छ ।

अव विश्वकप छनोटमा स्थान बनाउन क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको थियो । उक्त खेलमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।

ओपनर कुशल भुर्तेल र आसिफले पहिलो विकेटका १ सय १० रनको सानदार शतकीय साझेदारी गरेका थिए । नेपालको बलिङमा कुनै परिवर्तनको सम्भावना छैन । स्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर करण केसी र सोमपाल कामी प्रमुख बलरको रुपमा रहनेछन् ।

ज्ञानेन्द्र मल्लको प्रदर्शन टिमको लागि चिन्ताको विषय बनेको छ । तर नेपालले ज्ञानेन्द्रलाई थप विश्वास गर्ने देखिन्छ । त्यसैले नेपालको टोलीमा परिवर्तनको सम्भावना कम देखिन्छ ।

यता युएईको मध्यक्रम ब्याटिङ निकै खराब रहँदै आएको थियो । मध्यक्रम सुधारको लागि अर्यांश शर्मालाई डेब्यू दिनसक्छ । मोहम्मद वासिम र वृत्य अरविन्दबाट युएई राम्रो प्रदर्शन चाहन्छ । मध्यक्रममा रोहन मुस्तफाको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

उता ओपनर आसिफ खानले नेपालविरुद्ध पछिल्ला दुई इनिङमा ७२ र ८२ रनको इनिङ खेलेका थिए । त्यसैले आसिफबाट नेपाल बच्नुपर्ने हुन्छ । तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक प्रमुख बलर हुन् । आयन खान अफ्जल प्रमुख स्पिनरको रुपमा रहनेछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली