ताजा अपडेट »

८ औं मणिमुकुन्द रनिङ कप : स्याङजाद्वारा पाल्पालाई पराजित गर्दै अंक जोड्न सफल

बुधबार, २५ माघ २०७९, १५ : ५४
32 Shares

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको तेस्रो खेलमा स्याङजा जिल्ला विजयी भएको छ । समूह डी मा रहेको स्याङ्जाले पाल्पा जिल्लालाई ३–१ को सेटमा जित दर्ता गरेको हो ।

स्याङ्जाले २५–२३, २५–२१, २१–२५ र २५–१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । प्रतियोगितामा स्याङ्जाका सञ्जुविक्रम शाह म्यान अफ दी म्याच घोषित भएका छन् । यसअघि भएका खेलमा गुल्मी र नवलपुर विजयी भएका छन् । जिल्ला भलिबल संघ गुल्मीले नवलपरासीलाई तथा नवलपुरले बागलुङ जिल्लालाई पराजित गरेको थियो ।

नवलपुर समूह ए बाट क्वाटरफाइनल प्रवेश गरेको छ । एमा रहेका बागलुङ र म्याग्दी बीच हुने प्रतिस्पर्धापछि जित दर्ता गर्ने समूह समूह उप विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्ने छ । बुधबारको अन्तिम खेल म्याग्दी र बागलुङका बीच हुँदै छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।