१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा आजदेखि आठौं रनिङशिल्ड भलिबल कप  हुँदै छ । क्लबको खेल मैदान तिलोत्तमा २ मा हुने प्रतियोगिताको पहिलो खेल बिहान १० बजेदेखि नवलपरासी र म्याग्दीका बीच हुँदै छ ।

लिक कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल वेस्टअफ पाइभ हुने आयोजकले जनाएको छ । विभिन्न प्रदेशका १० टिम सहभागी प्रतियोगिताको विजेताले रनिशिल्डसँगै नगद राशी १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताक उपविजेताले १ लाख नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।  तृतीय हुने समुहले ५५ हजार नगद राशी तथा सान्त्वनाले ३० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए । 

प्रतियोगितामा समूह ए अन्तरगत बागलुङ, म्याग्दी र नवलपुर रहेका छन् । यसैगरी समूह बी मा नवलपरासी र गुल्मी, सी मा रुपन्देही र पर्वत तथा समूह डी मा स्याङ्जा र पाल्पा रहेका छन् । खेलाडीहरुका लागि खाना, नास्ता, आवास तथा यातायातको समेत व्यवस्था गरिएको प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगिताको ग्लोबल आवाजले प्रत्यक्ष प्रसारण गर्ने छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा