ताजा अपडेट »

गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग

शनिबार, २१ माघ २०७९, १९ : १८
2 Shares

गुल्मी । बेलायतमा पुगेर विभिन्न रोजगारी गर्ने गुल्मेलीहरु गृहजिल्ला गुल्मीका अपाङ्ग र असहाय बालबालिकाहरुलाई संस्थागत रुपमा सहयोग हस्तान्तरण गरेका छन् । बर्षऔं देखि बेलायतमा क्रियाशिल गुल्मी जिल्ला समाज युके र प्रथम नौमति बजा गुल्मी युके नामक संस्थाले यहाँका दुई संस्था मार्फत शनिवार अपाङ्ग र असहाय बालबालिकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

यी दुई संस्थाले जिल्लाको रुरुक्षेत्र गाउँपालिका –१ रिडीमा रहेको अटिजम पाठशाला नेपालका असहाय बालबालिकाहरुलाई ३ लाख रुपैयाँ र यता सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रलाई २ लाख भन्दा बढि सहयोग हस्तान्तरण गरेको हो । गुल्मी जिल्ला समाज युकेका अध्यक्ष बिर बलाल , उपाध्यक्ष तारा भट्टराई प्रबक्ता राधा खरेल , सल्लाहकार राजन श्रेष्ठ , कार्य समिति सदस्य राम पाण्डे , सल्लाकार सुरेश गौतमले ति दुबै संस्थामा सहयोग हस्तान्तरण गरेका हुन ।

आफुहरु घर आएको बेला अपर्झट कार्य समिति बिच छलफल गरि सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष बलालले बताए । गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्रलाई एक लाख ५० हजार र प्रथम नौमति बाज गुल्मी युकेले ७२ हजार ४४५ रुपैया सहयोग गरेको हो । त्यस संस्थाका संस्थापक अध्यक्ष तथा नौमति बाजा समुहका संयोजक ओम थापा काउछा लगायतको कार्य समितिले विगत देखि गुल्मी जिल्लाका अपाङ्ग असहाय र विपदको बेला सहयोग गर्दै आएका छन ।

त्यस्तै त्यो सस्थाले नेपालको नौमति बजालाई संसारभर चिनाउँदै र बेलायती नागरिकलाई बाजा तालमा नचाउँदै विभिन्न कार्यक्रमबाट संकलित रकम बाट गृहजिल्लाको शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा ठुलो टेवा पुराउँदै समेत आएका छन् । गुल्मी जिल्ला समाज युकेले झन बढि जिल्लाको शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पुराउँदै आएको छ । हाल सम्म सो संस्थाले जिल्लाभर ५ वटा एम्वुलेन्स खरिद गरी हस्तान्तरण गरी सकेको छ । ती मध्ये आशा अपाङ्ग केन्द्रलाई दिईएको एम्वुलेन्स यति बेला बिग्रेर ग्यारेजमा थन्किएको देखे पछि अध्यक्ष बिर बलालले मर्मत गरी सञ्चलन गर्न ब्यक्तिगत रुपमा ५० हजार रुपैया प्रदान गरेका छन ।

उनले त्यतिले पनि नपुगे आफुले थप रकम दिने घोषणा समेत गरेका छन् । उनले पैसा भन्दा ठुलो मन भएको भन्दै सद्भाव साटेको बुझ्न जिल्लावासी संग आग्रह गरे । त्यस्तै उपाध्यक्ष तारा भट्टराईले सेवा नै धर्मको भावनाले ओतप्रोत भई धन भन्दा मन ठुलो बनाई मन संग मन साटेको धारण राखिन । रिडिको अटिजम पाठशाला नेपाललाई सो संस्थाका पदाधिकारीहरुले त्यस पाठशालाकी अध्यक्ष अमृता कँडेल र प्रमुख अतिथी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई तीन लाखको चेक हस्तान्तरण गरेका थिए ।

त्यस संस्थाका संस्थाका संस्थापक बिष्णु भण्डारीका अनुसार सोही कार्यक्रममा रुपाकोट निवासी गुल्मी जिल्ला समाज यु्केका सल्लाहकार मोती भण्डारी, रिडीका तारा सु्वेदी , विक्रम पोखरेल , क्याप्टेन सुरज गुरुङ्ग, धना राना , भिष्म ज्ञवाली सहित ७ जना आजिवन सदस्य बनेर सहयोग गरेका छन । यो सहित हाल सम्म जना आजिवन सदस्य बनेका छन । त्यस्तै , रुरुक्षेत्र –३ घर भई अमेरिकाको भर्जिनियमा बसोबास गर्ने लोकेश ज्ञवाली १२ लाखको र संस्थाकी अध्यक्ष अमृता कँडेलले एक लाखको अक्षयकोष स्थापना गरेकी छन् । सहयोगदाता सबैलाई रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आभार प्रकट गर्दै धन्यवाद दिए ।

सो पाठशालामा अहिले १४ जना अटिजम रोगका बालबालिका पढ्ने गर्दछन । उनिहरुलाई घरबाट ल्याउन गाह्रो हुने भएकोले गाडी खरिद गर्नका लागि सबै संग सहयोगको आह्वान गरिएको संस्थापन बिष्णु भण्डारी बताउँछन । यता आशा अपाङ्ग केन्द्रलाई माथी उल्लेखित रकमको चेक संसथाका अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष गंगा रायमाझी लगायतलाई युकेबाट आएका पदाधिकारी प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको रोहवरमा हस्तान्तरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पाठकले सहयोगदाता संस्थालाई धन्यवाद दिदै सहयोगलाई निरन्तरता दिन र आएको सहयोगलाई सहि सदुपयोग गर्न तथा पारदशी हुन संस्थालाई सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै आशा अपाङ्ग केन्द्रका कार्य समित सदस्य रवि खरेल, उपाध्यक्ष गंगा रायमाझी र अध्यक्ष घिमिरेले गुल्मी जिल्ला समाज युके र प्रथम नौमति बाज गुल्मी जिल्ला युकेलाई धन्यवाद दिए । सो केन्द्रको स्थापना काल देखि बर्षेनी ती दुई संस्थाले निरन्तर सहयोग गर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।