११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

लुम्बिनी । भगवान गौतमबुद्धको सन्देश सहित शुक्रबारदेखि तीन दिने लुम्बिनीदेखि कुशिनगरसम्मको साईकल यात्रा शुरु भएको छ।

Advertisement

बौद्ध परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट साईकल यात्रा शुुरु भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकलयात्राको शुुभारम्भ गरेका हुन ।

उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले लुम्बिनीदेखि कुशिनगरसम्म बुुद्धको सन्देश बोकेर साईकल यात्रा गरिनुु निकै सकरात्मक रहेको बताए । उनले भगवान बुुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्ध स्थल हुँदै गरिने साईकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे ।

साईकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरि योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए ।

साईकल अभियानकर्मी,बौद्धमार्गी एंव भारतको अनाहदी यात्राका गरि ७० जनाको टोलीले शुक्रबारदेखि आईतबारसम्म तीन दिन साईकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुुले जानकारी दिईन । पञ्चशिल पालना गर्दै हरेक दिन ध्यान, साधना सहित जन्मस्थाल लुम्बिनीबाट शुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशिनगरमा पुुगेर समापन गरिने उनले बताईन ।

साईकल यात्रा शुुभारम्भका अवसरमा नेपाल साईकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले भगवान बुुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साईकल यात्रा शुरु गर्न पाएकोमा खुशि व्यक्त गर्दै लुम्बिनीमा पनि साईकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे ।

शुुभारम्भमा प्राध्यापक डा. तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुुष्पराज शास्त्रीले साईकल यात्राहरु अन्य बेलामा पनि भएको तर बौद्धपरिपथमा ध्यान र साधना सहितको पहिलो साईकल यात्रा भएकाले उत्साही भएको बताए ।

साईकल यात्रामा पहिलो दिन शुुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्मको यात्रा हुनेछ । त्यस्तै दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगञ्जमा पुुगेर बास बस्ने र तेस्रो दिन आईतबार महारजगञ्जबाट कुशिनगरमा पुुगेर समापन गरिने कार्यतालिका रहेको छ । साईकल यात्रीहरुले यात्रा शुरु गर्नुअघि मायादेवी मन्दिर अगाडि ध्यान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी