१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा शनिबार तिलोत्तमामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान अन्तरगतका क्लबका सदस्य बीचमा भातृत्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

Advertisement

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । क्लबका आफना सदस्यहरु बीचमा खेलमार्फत भाईचारा विकास गर्ने रुपमा प्रतियोगितालाई लिएको उनले बताए । विश्वमा नै ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मुल नारा आत्मसात गर्दै रोटरी क्लबले शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मानव जीवनका आधारभुत क्षेत्रमा सामाजिक र मानविय कार्यमार्फत अभियान चलाउँदै आएको छ ।

तिलोत्तमा ब्याडमिन्टन क्लब शंकरनगरमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष भरत रानाले बताए । मेन्स डबल्स र भेट्रान्स गरी दुई इभेन्टमा हुने प्रतियोगिताको मेन्स डबल्सतर्फ उपाधि विजेता टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो टिमलाई क्रमश: नगद १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

भेट्रान्सतर्फ भने उपाधि विजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा दोस्रो र तेस्रो टिमलाई क्रमश १० हजार र ६ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ५६ क्लबहरुबाट ४० टिम सहभागी हुने अनुमान गरिएको छ । ९ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता फईटहरीमा पहिलो र बुटवल डाउनटाउनको आयोजनामा दोस्रो गरि दुई संस्करण सम्पन्न भए छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक टिकाराम पन्थ, क्लबका सचिव लालहरि पाण्डे, कोषाध्यक्ष जिवकान्त काफ्लेलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी