१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । तिलोत्तमा १३ स्थित बभनी भूपु सैनिक आधारभुत विद्यालयमा बुधबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीलाई पढाइ बाहेक अन्य विषयमा श्रृजनशिल बनाउने उदेश्यले सो प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ । कक्षा ५ सम्म अध्ययन भैरहेको सो विद्यालयमा कक्षा ३,४ र ५ का विद्यार्थीहरुबाट छनौट गरि ११ जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागी भएका हुन् ।

Advertisement

सो कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् समाजिक विकास समिति सयोजक रवि सेन्चुरीले आफू पनि कक्षा ५ अध्ययन गर्दा जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सहभागी भएको सम्झिदै विद्यार्थीहरुलाई सृजनशिलतामा अहिलैबाट लगाउनु पर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै उनले अन्य सृजनशिल कार्यक्रममा जोडिदै जाने भन्दै विद्यार्थीहरुको यस कार्यक्रम आफू प्रभावित भएको र पछि थप कार्यक्रमको लागि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज क्षेत्रीले यस्ता कार्यक्रमहरुले विधा र्थिहरुलाई सृजनशिल र आत्माविश्वासमा जोड पुने बताएका थिए । प्रतियोगितामा सहभागी प्रथम, दोस्रो, तेस्रो र सहभागी सपुर्णलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रममा युवा व्यवसायी जीवन पाण्डेको पनि सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा युवा जीवन पाण्डेले विद्यालयमा उपस्थित सम्पूर्ण विद्यार्थीलाई चित्रकलाका लागि आवश्यक सामाग्रीहरु उपलव्ध गराउँदै आफुले सहयोग गर्न पाउँदा खुसी अनुभुती बताए । उनले आगामी दिनमा पनि अवसर पाए सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बाल सञ्जालका सहजकर्ता सन्तोषी गुरुङ्ग लगाएतको सहभागी रहेको कार्यक्रम बाल समुहका अध्यक्ष अस्मिता चौधरी अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी