१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुठवल । लाफा समुह बुटबलले आयोजना गरेको बी लेबल भलिबलको उपाधी न्यु होराईजन भलिबल क्लब बुटबले हात पारेको छ । शनिवार राती भएको फाईनल खेलमा आयोजक लाफा समुहलाई हराउँदै उपाधी चुमेको हो।

Advertisement

वेष्टअफ फाईबमा भएको खेलमा पहिलो सेट ११ मा रोक्दै २५ अंक बनाएर न्यु होराईजनले जित निकालेको थियो । तेस्तै दोस्रो सेट पनी न्यु होराईजनले दोस्रो सेटमा पनि १८ मा रोक्दै २५ बनाउँदै लगातार २ सेट जितेर आयोजकलाई दवाबमा राखेको थियो । तेस्रो सेटमा भने आयोजक लाफा समुहले न्यू होराइजनलाई २१ मा रोक्दै २५ बनाएर लयमा फर्किने कोसिस गरेको थियो । त्यसपछिको सेटमा भने न्यु होराईजनले लाफालाई १७ मा रोक्दै २५ बनाएर प्रतियोगिताको उपाधि आफ्नो नाममा दर्ता गर्न सफल भएको थियो । न्यू होराइजनले ४५ हजार नगद राशीसहित कप मेडल प्रमाण पत्र हात पारेको छ । तेस्तै आयोजक लाफा समुहले दोस्रो स्थानमा चित्त बुझाउँदै २५ हजार नगद सहित कप मेडल प्रमाण पत्र हात पारेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा गुल्मी जिल्ला भलिबल संघ विजयी भएको छ । कन्चन भलिबल संघ रूपन्देहीलाई ३–० को साझो सेटमा पराजित गर्दै गुल्मीले तेस्रो स्थान हात पारेको हो । उसले १५ हजार नगद राशीसहित कप मेडल प्रमाण पत्र हात पारेको छ । कन्चन भलिबल संघले सान्त्वना पुरस्कार ८ हजार कप मेडल प्रमाण पत्रमा चित बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट प्लेयरको उपाधी न्यु होराईजनलका उमेस सेन्चुरीले प्राप्त गरेका छन् । सोही समुहबाट सचिन गाहा मगर उत्कृष्ट स्पाईकर हुन सफल भए भने सौरब गुरूङ बेष्ट सर्भर हुन सफल भए । डिफेडरमा समिर गुरूङ, सेटरमा गौरब गुरूङ, उत्कृष्ट बलकरमा गुल्मीका लेसन राहाडी मगर, अनुशासित खेलाडीमा गुल्मीका बबिन थापा मगर तथा उदीयमान खेलाडीका आयोजक लाफाका शिसीर रानामगर हुन सफल भए ।

बुटबल उपमहानगरपालीका उप प्रमुख साबिन्रा देबी अर्यालले बिजेता खेलाडीहरूलाई सम्मान गर्दै भलिबल खेलप्रति धेरैको चासो रहेको बताईन । भलिबल खेललाई राज्यले बजेट मार्फत सम्बोधन गनुपर्ने भन्दै खेलकुदले देश विदेशमा चिनाउने हुँदा यसको बिकास र पुर्वाधार बिकास जरूरी रहेको बताईन । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले राज्यले भलिबल खेललाई राष्ट्रिय खेल बनाएर राम्रो गरेको भन्दै आउँदा दिननमा भलिबल खेलको बिकास गर्न खेल पुर्वाधार निर्माणसँगै खेलाडीहरूलाई प्रोत्साहन गर्न जरूरी रहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै गुल्मीमा बाख्राका बोका-पाठालाई महिलालाई लगाउने तीन महिने सुई लगाएपछि..