१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानियवासी खुसी भएका छन् । नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका–१ बगाममा  टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको स्थानीय ध्रुव थापाले बताए । 

Advertisement

यस क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोशी गाउँपालिका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले बताए । ‘टेलिकमले अहिले टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नति गरी अत्याधुनिक प्रविधिको फोरजी सेवामार्फत भ्वाइस र उच्च गतिको इन्टरनेट (मोबाइल डेटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ पौडेलले  भने । 

पहिले टावर नहुँदा दुःख पाएका नागरिकले टेलिकमको थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि भोटेकोशी गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते ,तारतुङ ,सेबुङ लगायत आसपासका गाउँमा करिब १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय ध्रव थापाले जानकारी दिए ।  यसअघि फोनमार्फत् कुराकानी गर्न १ घण्टा हिँडेर लिस्तीमा पुग्नु पर्ने बाध्यता यहाँका स्थानीयलाई थियो । यस सेवाले फोन सम्पर्कका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । 

टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएकोे छ । टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीय तथा समाजसेवी दावा लामाले बताए । शनिवारदेखि बगाममा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि पहिलोपटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन् । 
 

प्रतिकृया दिनुहोस्

Flash News

बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै गुल्मीमा बाख्राका बोका-पाठालाई महिलालाई लगाउने तीन महिने सुई लगाएपछि..