१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । रूपन्देहीको तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे दाेस्राे साधारणसभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । जसकाे अध्यक्षमा पुष्करनाथ पन्थ चयन भएका छन् ।

Advertisement

त्यस्तै उपाध्यक्ष चन्द्रकला पन्थी सचिवमा कृष्ण खनाल र काेषाध्यक्षमा देवी थापा चयन भएका छन् । सदस्यहरूमा लक्ष्मण क्षेत्री , लिला कुमारी घर्ती ,तेजुराम घिमिरे , तारा अर्याल , सृजना ज्ञवाली , चित्रा भट्टराई , राम प्रसाद गाैतम , लाेक बहादुर राना , श्याम बहादुर खत्री र अश्विन कुमार भट्टराई चयन भएकाे निर्वाचन समिति संयाेजक देवी दत्त गिरीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा नगरपालिका वाड नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले आफ्नाे टाेल आफै बनाउनु पर्नेमा जाेड दिएका छन् । टाेलकाे विकासका लागि टाेलबासी आफै सक्रिय बन्नुपर्ने बताउँदै वाडबाट गर्नुपर्ने सबै सहयाेग गर्न तयार रहेकाे प्रतिवद्धता व्यक्त गरे ।

नगरका सबै टाेलबासीकै सक्रियतामा नगर उत्कृष्ट नगर बन्न सफल बनेकाे बताउँदै आफू यश टाेलविकास संस्थाकाे पहिलाे अध्यक्ष बनेर सुरूवाती चरणमा धेरै जटिल हुँदाहुँदै पनि सफलतापूर्वक कार्यकाल सम्पन्न गर्न सफल भएकाे बताए । कार्यक्रममा तिलाेत्तमा नगरपालिका वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले नगरमा १७ वटा वडामा १९५ टाेल विकास संस्था रहेकाे बताउँदै यस टाेल विकास संस्थाले टाेलमा विभिन्न रचनात्मक कामहरू गरेकाे भन्दै प्रशंशा व्यक्त गरिन् । कार्यक्रममा बाेल्दै उनले टाेल सफा स्वस्थ र स्वच्छ राख्न सधै प्रयत्नशील रहन आग्रह गरिन् ।

अध्यक्ष खगराज मरासिनीले टाेलकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै म नभनी हामी र हाम्राे भन्ने भावनाकाे विकास गर्न जरूरी रहेकाे बताए । त्यसतै काेषाध्यक्ष चन्द्रकला पन्थीले अार्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । वडा नम्बर १ का सदस्य मिलन रानाले सरसफाइ मात्रै नभएर हरेक क्षेत्रमा चासाे र सराेकार राख्न आग्रह गरे । कार्यक्रममा वाड नम्बर १ कै वाड सदस्यहरू हिरादेवी बिक , गितादेवी न्याैपाने , विष्णुप्रसाद पाण्डे , टाेल विकासका सल्लाहकार बिमला थापालगायतले बाेलेका थिए । साे टाेल विकास संस्थामा करिब २५० घरधुरी रहेका छन् ।

कार्यक्रममा बाेल्दै नवनिर्वाचित अध्यक्ष पुष्करनाथ पन्थले सबैकाे साथ रहेमा मात्रै काम गर्न सहज हुने बताए । उपाध्यक्ष विष्णु देवकाेटाकाे स्वागत , खगराज मरासिनीकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन सचिव साेनु केसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी