११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्यको आवश्यकता औल्याएका छन् । धरासयी बनेको अर्थतन्त्रलाई सुधार गर्दै प्रदेशको समृद्धिका लागि आफ्नो प्रमुख लक्ष्य रहेको बताउँदै उनले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे । मारवाडी सेवा संघ भैरहवा नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले मुतुकको अर्थतन्त्रको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

Advertisement

सिद्धार्थनगर–५ मा बनेको संघको २ तले २२ कोठाको भवन उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याएर आर्थिक समृद्धिमा लाग्नका लागि आफ्नो जोड रहने बताए । संघको लगानीमा बनेको भवनमा सभाहल, भोजनालय, कार्यालय सञ्चालन कक्षसहित २२ वटा कोठा रहेको अध्यक्ष हेमन्त अग्रवालले जानकारी दिए । २ करोड ८५ लाख लागतमा निर्माण गरिएको भवनलाई थप व्यवस्थित गर्दै लगिने उनले बताए ।

मारवादी संघले सामाजिक क्षेत्रमा गरेका योगदानहरुको प्रशंसा गर्दै लुम्बिनी प्रदेशका सांसद सन्तोष पाण्डेयले सहकार्य र सहयोगका लागि आफू सधै तयार रहेको बताए । उद्योगी व्यवसायीको पक्षमा आफ्नो साथ सधै रहने बताउँदै उनले यससँगै सामाजिक क्षेत्रमा समेत योगदान गर्न निजी क्षेत्रलाई आग्रह गरे । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले थप मर्यादित र सक्रिय भएर लाग्न आग्रह आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको बताए ।

कार्यक्रममा नेपाल रास्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राम अवतार अग्रवाल, पूर्व अध्यक्ष तथा सल्लहाकार नन्दलाल गोयन्का, मारवाडी सेवा सङ्घका महासचिव अरुणकुमार अग्रवाल, मारवाडी महिला मंचका अध्यक्ष अमिता अग्रावाल लगायतले बोल्दै संघलाई सामाजिक क्रियाकलापमा थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी