१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । सधै नयाँ र फरक भूमिका देखिन चाहने कलाकार विपिन कार्कीको मूख्यम भूमिका रहेको नेपाली कथानक चलचित्र ‘फूलबारी’को प्रमोशनका लागि कलाकारहरु देश दौडाहमा लागेका छन् । यसै क्रममा बुटवलबाट निर्माता तथा कलाकारको समूहले शनिबारदेखि यात्रा सुरु गरेका छन् । युवा पुस्ताले रुचाएका कलाकार कार्कीसहित, दयाहाङ राई, प्रियाङ्का कार्की र शिल्पा मास्के लगायतका कलाकार मूख्य भूमिकामा रहेका छन् ।

Advertisement

यशोधा फिल्मको ब्यानरमा बनेको चलचित्रमा कमलकिशोर मालपानीको कथा र रामबाबु गुरुङको निर्देशन रहेको छ । सफल निर्देशकहरु मध्येमै गनिने गुरुङले निर्देशन गरको फिल्म निर्माता मनिष ढकालले चलचित्र सफल हुनेमा आफू ढुक्क भएको बताए । शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार विपिन कार्कीले आफूले फरक र नयाँ भूमिका पाएका कारण फूलबारीमा अभियन गर्न आएको स्पष्ट पारे । फिल्म आफू एक ‘रिटायर्ड शिक्षक’को भूमिकामा रहेको बताउँदै उनले परिवारभित्र हुने सानातिना झगडा, परिवारका सदस्य बीचको शंका तथा उपशंकाका साथै कुनै सदस्यमाथि गरिने विश्वास अपेक्षाका बारेमा व्याख्या गर्न खोजिएको बताए । हाम्रो सामान्य जीवनमा भोगिरहेका विषय बस्तुलाई कथाका रुपमा उतारेर फिल्मलाई जिबन्त र सबै परिवार बसेर हेर्न मिल्नेगरी तयार पारिएको उनले ।

आगामी फागुन ५ गते देखि प्रदर्शन हुने फिल्मको प्रमोशनका लागि देश दौडाहामा निस्केका चलचित्रका कलाकार प्रियंका कार्कीले रातदिन नसुतेर फिल्म सफल बनाउन लागेको बताइन् । यसैगरी संगीतकार तथा गायक कलिप्रसाद बास्कोटाले आफू प्राय फिल्मका प्रमोशनहरुमा नहिड्ने गरेको बताउँदै चलचित्र फूलबारी सफल हुने विश्वासले नै देशदौडाहमा हिड्न प्रेरित गरेको उल्लेख गरे ।

चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार भेटघाटमा उनीहरुले पारिवारीक कथामा आधारित चलचित्रमा दैनीक जीवनमा घरघरमा घट्ने घट्नाहरुलाई उजागर गरिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्माता मनिराम पोखरेलले काठमाडौ पछिको सबैभन्दा धेरै ईभेन्ट हुने स्थानका रुपमा परिचय बोकेको बुटवलमा चलचित्रको राम्रो दर्शक रहेको बताए । फुलबारी नाम अनुसार नै सबै पात्रहरु फरकफरक फुलहरुको कलालाई देख्न सकिने उनको भनाई छ ।

बुटवलबाट प्रोमोशन शुरु गरेको टिमले नेपालका मुख्य पाँच स्थान पोखरा, चितवन, ईटहरी, बिर्तामोड पुग्ने छ । कार्यक्रम चलचित्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षता र सचिव विकाश गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी