११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

बुटवल । नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीको पदस्थापन तथा सपथ कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै व्यवसायीहरुले छुट्टै र व्यवस्थित ठाउँको व्यवस्थापनका लागि माग गरेका छन् ।

Advertisement

बजारमा दैनिक रुपमा उत्पादन हुने फोहरजन्य बस्तुलाई पुनः प्रयोग गर्नेगरी संकलन गरी सरसफाई व्यवस्थापनमा सहयोग गरेको बताउँदै व्यवसायीहरुले यो पेशालाई मर्यादित पेसाको रुपमा हेर्न समेत आग्रह गरे । पनुः प्रयोग जन्य बस्तुको संकलन तथा विक्रि वितरण गर्ने क्रममा स्थानीय सरकारले लगाउने कर अवैज्ञानिक भएका कारण एउटै व्यवसायीले एक बस्तुका लागि ठाउँमा कर तिर्नु पर्ने बाध्यताको अन्त्य गर्न उनीहरुले माग गरे । कतीय स्थानमा पुनःप्रयोग योग्य बस्तुका व्यवासायीकोमा स्थानीय सरकारबाट ताला लगाउने तथा दुःख दिने काम भएको गुनासो गर्दै उनीहरुले यसको समाधानका लागि छुट्ट ठाउँको व्यवस्था गरिदिन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले पुनः प्रयोग योग्य बस्तुका व्यवसायीहरुलाई समान र सम्मानजनक व्यवहारसहित उनीहरुका समस्या सम्बोधना गर्नेगरी कार्योजना ल्याउने तयारी भएको उल्लेख गरे । कतिय स्थानमा स्वयम् व्यवसायीहरुले पनि मर्यादा पालना गर्नुका साथै व्यवसाय सञ्चालनअघि अपनाउनु पर्ने सबै प्रक्रिया पूरा गरेर अघि बढ्न उनले सुझाब दिए । रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले व्यवसायीहरुले पुर्याएको योगदानलाई स्थानीय सकारले भुल्न नहुने तर्क गरे । दैनिक रुपमा उत्पादन हुने फोहर जन्य बस्तुलाई पुनः प्रयोगमा ल्याएर व्यवसायीहरुले शहरलाई सफा सुन्दर राख्नुका साथै आर्थिक रुपमा समेत रोजगारी सिर्जना गर्ने काम गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै संयुक्त मधेशी संघका अध्यक्ष गौरीशंकर गुप्ता, पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष जवाहरलाल जैशवाल, नव निर्वाचित अध्यक्ष भगवती जैशवाल लगायतले बोल्दै पुनः प्रयोग व्यवसाय सञ्चालनका लागि स्थानीय सकारले छुट्टै ठाउँको व्यवस्थापनका लागि मागलाई दोहोर्याए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी