१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023


गुल्मी । नेकपा एमालेका सचिब तथा पुर्वमन्त्री गोकर्ण बिष्टले बिकास निर्माणमा ठेकेदारहरु बाट हुँदै आएको ढिला सुस्तीले आफुलाइ आजित पारेको बताएका छन ।आज धुर्कोट गाउँपालिका ५ बस्तुमा आयोजित धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको १४ औ बार्षिकोत्सव तथा १२ औ साधरण सभाको समारोहमा गुल्मी क्षेत्र नम्बर २ का सासद समेत रहेका बिष्टले यस्तो कुरा बताएका हुन ।

Advertisement

देशभरका सबै पालिकासम्म जोड्ने सडक कालोपत्रे गर्ने निर्णय क्याबिनेटले गरेको अहिले करिव ५ बर्ष भयो उनले पारी सेउवा सिमाहघाट धुर्कोट पुर्कोट साडकको कालोपत्रे गर्ने काम ढिला सुस्तिको उदाहरण दिदै भने ठेकेदारहरुकोयो रबैया बारे राज्यले नयाँ ढङ्ग्ले सोच्नै पर्ने बेला आएको छ ।

गाउँमा शिक्षा स्वास्थ्य , रोजगार सबै खाले बिकास भित्राउदै छौ तर गाउँ बाट मानिसहरु बसाई सराइ गर्ने क्रम भन्ने रोक्न सकिएन उहाँले भन्नू भयो यो रोक्न कसरी सकिन्छ भन्ने बिषयमा समेत सासदमा छ्लफल्गरिने उनको भनाइ थियो ।

बस्तुबासीले मुष्ठी दान र चन्दा उठाएर उप्त क्याम्प स्थापना गरेको प्रती धन्यवाद दिदै आफुले सक्दो सहयोग गर्ने उहाँ आश्वासन दिए । क्याम्पस सन्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले क्याम्पस स्थापना गर्न हाल सम्म सहयोग गर्ने सहयोगदातालाई धन्यवाद दिदै बन्द सत्रले नयाँ कार्य समिती निर्बाचित गर्ने जानकारी दिए ।

करिव २५० जना बिध्यार्थी रहेको त्यस क्याम्पसमा करिव ५० जनाले नियमित पढ्न आउने र अरुले विभिन्न पेशामा काम गर्दै पढ्दै गर्ने गरेको क्याम्पस प्रमुख ऋषिराम पाण्डे बताए । पश्चिम गुल्मीका बिकट गाउँ ह्वाङ्दी, अर्खबाङ्ग, अर्घाखाँची सम्मका बिथ्यार्थी पढ्न आउने उप्त क्याम्पसमा होस्टेलको सुविधा छ ।

समारोहलाई पुर्व सासद टन्क पोखरेल, नेकपा एमालेका जिल्ला कमिटी सचिव गणेश श्रीपाली, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र भण्डारी, वडाध्यक्ष केशवराज भण्डारी, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष प्रेमनारायण भण्डारी, प्रधानध्यापकहरुको तर्फ बाट भेषराज खनाल, जनज्योति क्याम्पसका क्याम्पस प्रमुख देविराम भुसाल लगायतले सम्बोधन गरेका थिए ।

२०६५ सालमा बस्तुका अगुवा समाज सेविहरु स्वर्गीय परमानन्द भण्डारी, स्वर्गीय टोपलाल पाण्डे , स्वर्गीय रुद्रमणी शर्मा भण्डारी, कृष्ण प्रसाद भण्डारी लगायतले अगुवाई गरि बस्तुबासीले मुष्ठी दान र नगद चन्दा संकलन गरि उप्त क्याम्पस स्थापना गरेका थिए । एउटै ब्यक्ति स्वर्गीय परमानन्द भण्डारीको परिवारले ५१ लाख चन्दा प्रदान गरेका थिए । त्यस्तै साढे तीन बर्ष सम्म एक पैसा पारिश्रमिक नलिइ डक्टर नतिमैया मानन्धर मानन्धर शर्माले पढाएकी थिइन । गुल्मी जिल्लामा शिक्षाको पहिलो ज्योती छ्र्ने गाउँ भनेर चिनिन्छ बस्तु गाउँ । जहाँ ब्राह्मण समुदायको बाहुल्यता छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी