११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

काठमाडौं ।  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएर गुन्जी भारतको नभएको बताएको छ । 

Advertisement

मोर्चाले प्रधानमन्त्री मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएर गुन्जी  नेपालको रहेकाले दाबी नगर्न आग्रह गरिएको मोर्चाका मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए । 

भारतले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने भन्दै उनले यसबारे भारतीय प्रधानमन्त्री मोदीलाई ध्यानाकर्षण गराउँदै गुन्जी क्षेत्रमा हुने भारतीय गतिविधि अन्त्य गर्न माग गरिएको उनले जानकारी दिए । 

‘क्षेत्रफलका हिसाबले  सानो र सैनिक संख्या कम भएको भन्दैमा नेपालको भन्दा भारतको सार्वभौमसत्तालाई ठूलो मान्न सकिँदैन र यो सार्वभौमसत्ताको अन्तर्राष्ट्रिय परिभाषा पनि होइन । अतः गुन्जीलाई भारतको भाइब्रेन्ट भिलेज प्रोजेक्टमा समावेश गर्ने योजना रद्द गरी गुन्जीमाथिको नेपालको सार्वभौमसत्ताको उच्च सम्मान गरियोस्,’ भारतीय प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष नेपालले जानकारी दिए । .
नेपालका प्रधानमन्त्रीसहित पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान , अफगानिस्तान र माल्दिभ्सका साथै सार्क सचिवालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा मोर्चाले भनेको छ, ‘नेपाल र भारतका प्रधानमन्त्रीहरूले यी दुई देशका बीचको सम्बन्धलाई अद्वितीय भने पनि व्यवहारमा त्यस्तो बिलकुलै देखिँदैन र अद्वितीय भन्ने लवज केवल एउटा भावुक पदावली बनेर रहेको छ ।’ 

२०२२ को भारतको बजेटमा गुन्जी गाउँमा २ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने भनेको र यसबारे नेपाल सरकार मौन रहँदै आएको उनले बताए । 

नेपालको जमिन कब्जा गरी त्यहाँ सेना तैनाथ गरेर भारतले आफ्नो गणतन्त्र दिवस मनाउँदा नेपालीहरूले यसलाई साधारण रूपमा लिन्छन् भन्ने सोच्नु भारतको भूल रहेको भन्दै उनले मोर्चाले भारतको ७४औँ  गणतन्त्र दिवसका अवसरमा ५ बुँदे ज्ञापनपत्र पठाएको जानकारी दिए । 
भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गरेको छ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी