१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विद्यालय भन्ने बित्तिकै सबैभन्दा पहिले विद्यार्थीकाे संख्या र पढाइकाे गुणस्तरकाे कुरा आउने भएकाले संस्थागत विद्यालयसरह मेहनत गर्न आवश्यक रहेकाे बताएका छन् ।

Advertisement

रूपन्देहीको तिलाेत्तमा २ मा रहेकाे शंकरनगर दुर्गादत्त माविकाे ५८ औं वार्षिकोत्सव तथा अविभावक दिवसकाे अवसरमा प्रमुख अतिथिको रूपमा बाेल्दै उनले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नेतर्फ लागेकाे बताउँदै उनीहरूकाे लागि आवश्यक सीप प्रदान गरि बिदेश जानबाट राेक्न जरूरी रहेकाे बताए । कार्यक्रममा बाेल्दै उनले पहिले आफू यहाँकाे नागरिक भएकाे र आगामी दिनमा राम्रा काम गर्न आग्रह गर्दै हरपल साथ रहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

यस्तै प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले माध्यमिक तहसम्मकाे शिक्षा निशुल्क भने पनि विभिन्न बाहानामा अविभावकसँग शुल्क लिनुपर्ने बाध्यता रहेकाे बताए । कार्यक्रममा बाेल्दै उनले सरकारले ताेकेकाे दरबन्दी विद्यालयकाे लागि अभाव रहेकाे बताए । उनले संघिय संसदबाट विद्यालयका लागि आवश्यक सहयाेग गर्न तयार रहेकाे प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा सामाजिक समिति संयाेजक रवि सेन्चुरीले हामी सबै सचेत हुन जरूरी रहेकाे बताए ।

शिक्षा समन्वय इकाई रूपन्देही सचिव दिपेन्द्र राज ढकालले सर्वप्रथम आफू सुध्रिन जरूरी रहेकाे बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य भगवती घिमिरे , पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा , तिलाेत्तमा नगरपालिका १ का अध्यक्ष फर्सुराम गिरी , दुईका अध्यक्ष डिल बहादुर भट्टराई , तीनका कल्याण पाैडेल , चारका अध्यक्ष हरिबहादुर क्षेत्री , शिक्षक अविभावक संघका अध्यक्ष पुस्करनाथ पन्थलगायतले बाेलेका थिए विद्यालयमा ३९ वटा अक्षयकोषबाट करिब ९० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकाे छ ।

कार्यक्रममा उत्कृष्ट अविभावकमध्यबाट एक जना , उत्कृष्ट शिक्षक चार जनालाई विद्यालयले सम्मान गरेकाे छ । त्यसैगरी सञ्चार जगतमा याेगदान गरेकाे भन्दै बुद्ध सामुदायिक टेलिभिजनका छायाँ पन्थलाई सम्मान गरिएकाे विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले बताए । कार्यक्रममा विद्यालयकाे गतिविधिका बारेमा प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा अनेकाैँ समस्या रहेकाे जनाएका थिए । साे अवसरमा विद्यार्थीद्वारा नृत्य प्रस्तुत गरिएकाे थियाे । साथै कार्यक्रम सप्ताहअवधिका विभिन्न विधाका खेलमा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई मेडल प्रदान गरिएकाे थियाे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमानाथ कडेलकाे अध्यक्षता रहेकाे कार्यक्रममा सहायक प्रधानाध्यापक राम गिरीकाे स्वागत र सञ्चालन सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै