ताजा अपडेट »

स्पेनका लागि नेपालका राजदूत ढकालद्वारा युएनडब्लूटीओका महासचिव समक्ष ओहोदाको प्रमाणपत्र पेस

विहीबार, १२ माघ २०७९, १३ : ५८
20 Shares


काठमाडौं ।  स्पेनका लागि नेपालकी राजदूत तथा स्थायी प्रतिनिधि डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (युएनडब्लूटीओ) का महासचिव जुराब पोलोलिकासभिलीलाई संस्थाको मुख्यालयमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । 

ओहोदा कार्यक्रमपछि राजदूत डा पराजुलीले युएनडब्लुटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारिन । 

राजदूत डा. पराजुलीले नेपालमा सन् २०२३ को मार्च १५देखि १७ सम्म क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गरेकोमा महासचिवलाई धन्यवाद दिइन । साथै, महासचिव पोलोलिकासभिलीले नेपाल र युएनडब्लुटीओ बीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे । 

उनले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा युएनडब्लुटीओको निरन्तर सहयोग रहने आश्वासन पनि दिए । दुवै पक्षले नेपालको पर्यटन प्रवर्द्धन र प्रवद्र्धन गर्न, नेपाल र युएनडब्लुटीओबीच थप सम्भावित सहयोग क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको थियो।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।