ताजा अपडेट »

'महिला शिक्षा प्रतिबन्धले विश्वविद्यालय बन्द हुन सक्छन्'

विहीबार, १२ माघ २०७९, १० : ५९
20 Shares


काबुल । तलिबानले महिलाका लागि उच्च शिक्षाका लागि लगाएको प्रतिबन्ध देशको निजी विश्वविद्यालयले अनुभव गरिरहेको र त्यसको प्रभावस्वरूप धेरै विश्वविद्यालय बन्द हुन सक्ने जनाइएको छ । ‘वृहत रूपमा ३० देखि ३५ विश्वविद्यालयहरूले प्रमुख आर्थिक समस्या सामना गरिरहेका रहेका छन्’, निजी विश्वविद्यालयको युनियनका सञ्चार अधिकृत भने ।  महिला विद्यार्थीलाई विश्वविद्यालय शिक्षामा सहभागी हुन अनुमति नदिए धेरै शैक्षिक संस्थाहरू बन्द हुने टोलो समाचार संस्थाले जनाएको छ ।

महिलाका लागि मोरा शैक्षिक केन्दका संस्थापक अजिजउल्लाह अमिरको भनाइ उद्धृत गर्दै उक्त समाचार संस्थाले लेखेको छ,, ‘यस विश्वविद्यालयमा कोही पुरुष छैनन् । यो आदेशको कार्यान्वयन जारी रहयो भने हामी यस केन्द्रका ढोकाहरू बन्द गर्न बाध्य हुने छौँ ।’

दवात विश्वविद्यालयका उपप्राध्यापकको भनाइ उद्धृत गर्दै रिपोर्टमा भनिएको छ की विश्वविद्यालय महिलाका लागि बन्द भए पनि यो बन्द अस्थायी हुनेछ । तालिबानद्वारा नियुक्त उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जिउल्लाह हसिमीले शिक्षा क्षेत्रका जारी विवाद अन्त्य गर्न प्रयत्नहरू जारी रहेको बताए ।    

इजिप्तको अल अजहर युनिभर्सिटीका ग्र्ययान्ड इमाम अमेद इल तयबले महिलालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न तालिबानसँग आग्रह गरेका छन्् । - एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।