ताजा अपडेट »

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार अध्यक्ष ठाकुरलाई

आइतबार, २४ पुस २०७९, १७ : ०९
18 Shares
आइतबार, २४ पुस २०७९
18 Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । 

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो । 

साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन  गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।