ताजा अपडेट »

भालुको आक्रमणबाट अर्घाखाँचीको सितगंगामा एक जनाको मृत्यु

बुधबार, २० पुस २०७९, १० : ५१
26 Shares
बुधबार, २० पुस २०७९
26 Shares

बुटवल । अर्घाखाँचीको शितगंगामा भालुको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षिय रामबहादुर भाट क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

उनलाई बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट आरनमा भाडा बनाउँन झिर्रा आउँने क्रममा ओखारीको जङगलमा भालुले आक्रमण गरेको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।