ताजा अपडेट »

करेन्ट लगाएर पर्सामा श्रीमतीको हत्या

बुधबार, ०६ पुस २०७९, २० : ५४
35 Shares
बुधबार, ०६ पुस २०७९
35 Shares

काठमाण्डौं । करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान‍्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन् ।

कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए । 

घटनामा प्रयोग भएको ना३च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।