ताजा अपडेट »

पत्रकार महासंघको साधारण सभा सुर्खेतमा हुँदै

बुधबार, ०६ पुस २०७९, १६ : २७
22 Shares

सुर्खेत । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा ८ र ९ पुसमा  कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा आयोजना हुन लागेको छ । कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आथित्यतामा सुर्खेतको वीरेन्द्रनगरमा साधारणसभा आयोजना गर्न लागिएको हो । कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । साधारण सभाको उद्घाटनसत्र ८ पुस बिहान ९ बजे हुनेछ भने त्यसअघि बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी निकालिने छ ।

साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए । महासचिवले पेश गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथि बृहत् छलफल समेत हुने जनाइएको छ ।

एक हजार तीन सय १६ साधारण सदस्य रहेकोमा यस अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।