१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्यद्वय खिम बहादुर गैरे र समिक्षा बिसीले आफ्नी छोरीको जन्मदिनको अवसरमा प्रतिष्ठानलाई आर्थिक सहयोग गरेका छन् । गैरे र कलाकार समेत रहेकी गायिका बिसीले आफ्नी छोरी आँचल गैरेको दोस्रो जन्मोत्सवको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई नगद रु १५ हजार सहयोग प्रदान गरेका हुन् ।

Advertisement

उनीहरुले मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक कार्कीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । आँचलका बुवा–आमाद्वयले उक्त रकम प्रतिष्ष्ठानकै आर्थिक अवस्था भएका कलाकार वा अन्यलाई सहयोगार्थ उक्त रकम प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष कार्कीले जनाए।

जन्मदिनका अवसरमा भोज,पार्टी, मनोरञ्जन जस्ता क्रियाकलापमा क्षणिकका लागि खर्च गर्नुभन्दा सो रकम आवश्यक पर्नेका लागि सहयोग गर्नु राम्रो भन्दै गैरै र बिसी दम्पतिले प्रतिष्ठानलाई सहयोग गरेको उनले बताए। साथै प्रतिष्ठानमा यस्तो पहिलो सहयोग रहेको र आगामी दिनमा अन्य व्यक्तिहरुले पनि निरन्तर सहयोग गर्न सक्ने उनले जनाए ।

सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डे, सल्लाहकार टंकप्रसाद गैरे, जिल्ला सल्लाहकार नारायण बहादुर रायमाझी र प्रतिष्ठान गुल्मी जिल्ला प्रथम उपाध्यक्ष तथा गायिका शिलु भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

गायिका भट्टराइको संयोजकत्वमा बुटवलस्थित हिमचुली दोहोरी सांझमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालनप्रतिष्ठानका सचिव तथा हाँस्य कलाकार उज्जवल गिरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै