१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023


बुटवल | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९’मा शारीरिक सुगठन खेलमा रुपन्देही जिल्लाबाट सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका खेलाडीहरूलाई सम्मान गरिएको छ ।

Advertisement

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले खेलाडीहरूलाई बुधबार सम्मान गरेका हुन् ।रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघकाे आयोजनामा बुटवल ९ मिलनचाेक स्थित ए एण्ड ए हेल्थ क्लबमा भएको उक्त कार्यक्रममा खेलाडीहरूलाई सम्मान पत्र, ट्रक सुट र खादा लगाएर सम्मान गरिएको थियाे ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले रुपन्देही जिल्लाका शारीरिक सुगठन खेलाडीहरूले निरन्तर सफलता हासिल गर्दै गएको बताए ।उनले राष्ट्रिय खेलमा प्राप्त पदकले खेलाडीहरुको मात्र नभई संधको नाम समेत उच्च बनाएको बताए । उनले खेलाडीमा निरन्तरता र अनुशासन अनिवार्य रहेको बताउदै आगामी दिनमा खेअझ अनुशासित, मेहनती र लगनशील भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्दै रुपन्देहीकाे मात्रै नभएर देश कै नाम राख्ने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय निर्णायक केशव बहादुर शाक्यकाे प्रमुख आतिथ्यतामा संपन्न उक्त कार्यक्रम संचालन संघका सचिव राजकुमार श्रेष्ठले गरेका थिए। उक्त कार्यक्रममा पदक ल्याउन सफल रुपन्देहीका खेलाडी बिष्णु निशाद, बिजेन्द्रमान श्रेष्ठ र सुनिल आलेतथा प्रशिक्षक केशव बहादुर शाक्य तथा निर्णायक द्वय राजकुमार श्रेष्ठ र शिबध्वजराई लाई सम्मानित गरिएको थियो । साे कार्यक्रममा रुपन्देही जिल्ला पावर लिफ्टिङ्ग संघका अध्यक्ष चन्द्रमान श्रेष्ठ तथा रुपन्देही जिल्लाका शारीरिक सुगठन खेलाडीहरुकाे उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै