१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुद्धकालिन परम्परासँग जोडेर सैनामैनाको बिकास गरिने बताएका छन् । सैनामैनालाई बिकासको नयाँ मानकको रुपमा स्थापित गर्नका लागि यहाँको ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण र बिकास गरिने उल्लेख गरे ।

Advertisement

बुद्धकालिन परम्परालाई लुम्बिनी, रामग्राम र तिलौराकोटलाई मात्र जोडेर पूरा नहुने बताउँदै उनले सैनामैना पनि यसमा जोडिएको दाबी गरे । यहाँका बौद्धकालिन ऐतिहासिक स्थलहरुको उत्खनन् र संरणसँगै यहाँका अन्य धार्मिक स्थलहरुको समेत बिकास गरिने उनले बताए । सैनामैनालाई लुम्बिनीसँग जोड्नकै लागि मुलुककै लामो चक्रपथ निर्माणको काम भएको उनले बताए । काठमाण्डौं उपत्यकाकोभन्दा लामो रहेको सैनामैनाको ५७ किलोमिटर चक्रपथ मध्ये ४० किलोमिटर कालोपत्रे भैसकेको बताउँदै उनले यो योजना सपन्न भएपछि यहाँको आर्थिक तथा सामाजिक बिकासमा उल्लेख्य परिवर्तन आउने दाबी गरे ।

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पौडेलले बुधबार सैनामैनाका विभिन्न वडाहरुमा घरदैलो तथा भेटघाटमा बोल्दै सैनामैनामै रहेको पश्चिम नेपालकै पशुपति भनेर परिचित बोलबमधाम मन्दिरलाई गुरुयोजनाअनुसार संरचनाहरु निर्माण र बिकासको काम भैरहेको बताए । हरेक वर्ष लाखौले दर्शन गर्न आउने बोलबम धामको बिकास, ऐतिहासिक रानिकुवाको संरक्षण, सैनामैना क्षेत्रको उत्खनन् तथा संरक्षणले यहाँको पर्यटकीय बिकासमा उल्लेख्य टेवा पुग्ने उनले बताए ।

कुनै पनि दल वा व्यक्तिको टिप्पणीमा नलागेर आफ्नो ध्यान रुपन्देहीको बिकासमा केन्द्रित भएको बताउँदै पौडेलले आगामी मंसिर–४ को निर्वाचनमा जनताले मुलुकको नेतृत्व नेकपा एमालेलाई सुम्पिने दाबी गरे । एमाले नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र नेतृत्व दिन सक्ने बताउँदै उनले त्यसका लागि सूर्यमा मतदान गर्न जनता समक्ष आग्रह गरे ।

यसैगरी लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ (२०) बाट उम्मेदवार भोजप्रसाद श्रेष्ठले विगतमा एमाले नेतृत्वले गरेका बिकास निर्माणका कामलाई पूर्णता दिनका लागि फेरी पनि एमालेलाई जिताउन आवश्यक रहेको बताए । एमाले नेतृत्वमा सुरु भएका विभिन्न भौतिक पूर्वाधारहरुलाई वर्तमान गठबन्धन नेतृत्वको सरकारले बेवास्ता गर्दा पूर्णता पाउन नसकेको बताउँदै उनले त्यसका लागि एमाले नै नेतृत्वमा आउनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै