ताजा अपडेट »

भूकम्पका घाइतेको डोटीमा उपचार हुँदै

बुधबार, २३ कार्तिक २०७९, १० : २४
11 Shares

काठमाडौं । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँचजनाको डोटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि बुधबार बिहान हेलिकोप्टरमार्फत डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

सुर्खेत र कैलालीको धनगढीबाट लगिएको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेन्ट समेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्ण रूपमा भत्किएर क्षति पुगेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।