ताजा अपडेट »

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

विहीबार, १७ कार्तिक २०७९, १० : ०३
27 Shares

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपको बयान गराइएको थियो । 
बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।