१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

वर्षाले पसाएको धान बाली डुबायो : लगातारको अविरल वर्षाले कृषि बालीमासमेत क्षति पुर्याएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं २ बेतहनीका किसानले लगाएको धान बाली पानीले डुबाएको छ । तस्बिर : राकेश कुमार मिश्र/रासस

कैलाली । गत वर्ष यहाँका किसानले धान भित्र्याउनै लाग्दा अविरल वर्षाका कारण धान डुबानमा परी ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन सकेका थिएनन् । कतिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । धान उठाउन नपाएर पूरै क्षति भएको थियो । वर्षा बढ्न थालेपछि खेतमा पाकेको धानबाली क्षति हुने भन्दै यहाँका किसानका मनमा एक प्रकारको चिन्ता बढ्न थालेको छ ।

Advertisement

बुधबारदेखि निरन्तर वर्षा भइरहेकाले किसानका मनमा चिन्ता बढेको हो । अहिले किसानका खेतमा धान लटरम्मै पाकेको छ । कतिपयले काट्न सुरु गरिसकेका छन् । गत वर्षकै झै अवस्था यसपालि पनि दोहोरिने हो की भन्ने चिन्तामा छन् धनगढीको सरस्वती नगरका कृषक किसान माइला चौधरी । वर्षाले गत वर्ष खेतमा काटेको धान डुबानमा परी तैरीएको बिर्सिनसकेको उनले सुनाए । धान भित्र्याउनै लाग्दा ठूलो वर्षा भएपछि उहाँको झण्डै तीन बिघा क्षेत्रफलमा लगाएको धान पूरै क्षति भएको थियो । 

वर्षा रोकिएला र धान जोगाउँला भन्दाभन्दै एक साताभन्दा बढी पानी परेपछि धान उठाउन त के धानको बीउसमेत जोगाउन नसकिएको चौधरीको भनाइ छ । धनगढीको शान्तिनगरकी निर्मला फुलाराले गए रातिको वर्षाले आफूले काटेर घरको आँगनमा राखेको धानमा क्षति पुगेको सुनाए ।

त्यस्तै धनगढीको बैयाबेहडीका किसान रामभगत चौधरीले खेतमा धान पाकेर काट्ने बेला भएको तर पानी पर्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै दुखेसो पोखे । “वर्षा भइरहेकाले अघिल्लो वर्षकै स्थिति सिर्जना हुने पो हो की भन्ने पिरलो हुन थालेको छ”, उनले भने ।

बैयाबेहडीको दक्षिण बेल्टमा चौधरीले साढे दुई विघा जमिन ठेक्कामा लिई धान खेती गर्नुभएको छ । उक्त खेतीबाट छ जना जहानको लालनपालन गर्दै आउनुभएको छ । अहिले यहाँका अधिकांश किसानका खेतमा धान पाकेर लटरम्म भएको छ । छिटो गरी रोपाइँ गरेको किसानले धान काट्न सुरु गरिसकेका छन् । 

गत वर्ष वर्षाले धानबाली पूर्णरुपमा क्षति भएपछि खान लाउनसमेत समस्या भएको किसानले बताएका छन् । एकातिर धान खेतबारीमा लटरम्मै पाकेको अवस्था छ भने अर्कातिर निरन्तर वर्षा भइरहेकाले धान भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने किसानका मनमा चिन्ता छाएको छ ।

गत वर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत तलाउमा परिणत भएका थिए । किसानका काटेका धान खेतको पानीमा तैरीएको थियो । खेतमै धान उम्रिएर जमराझैँ भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका धानका जात बढी मात्रामा देखिन्छन् ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार