ताजा अपडेट »

पत्रकार सुस्लिङप्रति बुटवल उपमहानर प्रमुखले ‘अपमानजनक शब्द’ प्रयोग गरेकोप्रति प्रेस चौतारीको ध्यानाकर्षण

बुधबार, १२ असोज २०७९, १८ : ५५
28 Shares

बुटवल । पत्रकार डिबि सुस्लिङप्रति बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी रुपन्देहीले गम्भीर ध्यानाकर्षण गरेको छ ।

अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तीमा बुधबार उपमहानगरले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार सुस्लिङले समाचारबारे प्रतिक्रिया लिँदा नगर प्रमुख झर्किएको गुनासो गरेपछि नगरप्रमुख पाण्डेले विगतमा लेखेका समाचारबारे इंगित गर्दै ‘सधै तपाई नेगेटिभ समाचार मात्रै लेख्नुहुन्छ, आफूले लेखेको समाचारबारे तपाइँलाई लाज लाग्नुपर्ने हो ’–भन्ने जस्ता अपमानजनक शब्द प्रयोग गरेकोप्रति प्रेस चौतारीले आपत्ति जनाउँदै उपमहानगर प्रमुख पाण्डेले तत्काल अपमानजनक शब्द फिर्ता लिई माफी माग्न माग गरेको छ ।

डेढ दशकदेखि पत्रकारिता गर्दै आएका सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।

यस्तो छ विज्ञप्ती :

प्रेस विज्ञप्ती
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले समाचारको विषयलाई लिएर पत्रकारलाई सार्वजनिक स्थलमा अपमानजनक शब्द प्रयोग गरेकोप्रति प्रेस चौतारी नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ।

प्रेस चौतारी नेपाल रुपन्देहीका कार्यसमिति सदस्य एवम् ग्लोबल आवाज अनलाइनका समाचार प्रमुख डिबि सुस्लिङलाई असोज १२ गते बुधबार उपमहानगर प्रमुख पाण्डेले समाचारको विषयलाई लिएर अपमानजनक शब्द प्रयोग गरेका थिए। पत्रकार सुस्लिङले समाचारबारे प्रतिक्रिया लिँदा नगर प्रमुख झर्किएको गुनासो गरेपछि नगरप्रमुख पाण्डेले बिगतमा लेखेका समाचारबारे इंगित गर्दै “सधै तपाई नेगेटिभ समाचार मात्रै लेख्नुहुन्छ, आफूले लेखेको समाचारबारे तपाईलाई लाज लाग्नुपर्ने हो”–भन्ने जस्ता अपमानजनक शब्द प्रयोग गरेका थिए।

पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै उनले पत्रकार सुस्लिङलाई अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय हो । यसप्रति प्रेस चौतारी नेपाल रुपन्देही बुटवल उपमहानगर प्रमुखको उक्त कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछ। प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानूनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई दुव्र्यवहार र अपमान गर्नु प्रेस स्वतन्त्रता विरोधी काम हो।

प्रेस चौतारी प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, अपमानजनक शब्द प्रयोग गरेकोमा तत्काल माफी माग्न र त्यस्ता शब्द फिर्ता लिन माग गर्दछ । पत्रकारलाई सुरक्षित र सहज पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग प्रेस चौतारी माग गर्दछ।


लक्ष्मण पौडेल
अध्यक्ष

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।