१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

पर्यटन शब्दको उत्पती फ्रेन्च शब्दबाट भएको मानिन्छ, सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सिमाना भित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरुका लागी आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ ।

Advertisement

नेपालका प्राय प्रत्येक ग्रामीणण बस्तीहरु कला , भाषा , संस्कृति, भेष भूषमा अनेकता भएको कारणले गर्दा यहाँको ग्रामीण क्षेत्र पर्यटन उद्योगको विकासका माध्यमबाट आर्थिक क्रान्ति गर्नेमा कुनै शंका छैन भने यसैका माध्यमबाट नेपाल नेपालीको चाहना सुशासन सहितको आर्थिक समृद्धि, सरल तथा सहज रुपमा हाुिल हुनेछ । देशका सबै नागरिकहरुले दैनिक जीवनका आधारभूत आवश्यकताहरु सहज , सरल तथा पारदर्शिता पूर्ण वातावरणमा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको तरिकाले प्राप्ति गरेको अवस्थालाई नै समृद्धि भनिन्छ । जसका लागी आवश्यक पर्ने वित व्यवस्थापन नेपाली अर्थतन्त्रमा ग्रामीण पर्यटनबाट मात्रै सम्भव छ।

पर्यटन प्राचीनकालदेख नै मानवको लोकप्रिय विषयको रुपमा रहेको छ । मानिस सभ्यताको सुरुवातदेखि नै टाढा टाढा सम्म यात्रा गर्दै आईरहेको छ । प्राचिनकालमा सबैभन्दा पहिले भ्रमणको लागी निक्लने यात्रीहरुमा फेनोसियनहरुको नाम लिन सकिन्छ । विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटका रुपमा परिभाषित गरिएको पाईन्छ । विश्व पर्यटनका क्षेत्रमा अठारौँ शताब्दीलाई पर्यटनको सुनौलो युग मानिन्छ ।

विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगती भएको मानिन्छ । नेपालमा पर्यटन प्राचिनकालमा व्यापारीक उद्देश्यले हुने कुरालाई कौटिल्य अर्थशास्त्रमा समेत उल्लेख गरिएको छ, चिनियाँ नागरिकहरुले भारतमा आफ्ना उत्पादनहरु बिक्री गर्न नेपालको बाटो भएर भारत जाने कुरा गरेका छन् ।

जसले नेपालको पर्यटन क्षेत्र तत्कालिन समय देखी चलेको भए पनि प्रयाप्त विकास नभएको र त्यसमा पनि ग्रामिण पर्यटनले त कुनै पनि नीतिगत तथा कार्यगत प्रक्रियामा प्राथमिकता नपाएको महशुस गराउँछ तर आज समय फेरिएको छ जसले गर्दा ग्रामिण पर्यटनले प्राथमिकता पाउँदै गएको छ र त देशका थुप्रै ठाउँमा नमुना ग्रामीण बस्ती निर्माण तथा सञ्चालन भएका छन् जुन सकारात्मक कार्य हो नेपालको ग्रामिण गरिबी निवारणका लागी र देशको अर्थतन्त्रका लागि जतिबेला नेपाली अर्थतन्त्रमा ग्रामिण पर्यटनलाई बढवा दिने योजना बनाईएको थियो बिडम्वना तत्कालिन समयमा नै देशमा राजनैतिक अस्थिरता उत्पन्न भयो जसले गर्दा यसमा सोचे अनुसारको उपलब्धी नभएको पक्कै पनि हो ।

नेपाल आफै ग्रामिण बस्ती मिलेर बनेको मुलुक भएकाले यहाँको आर्थिक विकासको शसत्त माध्य भनेको नै ग्रामिण पर्यटन हो भन्नेमा दुईमत छैन् । नेपालमा गगनचुम्बी चुचुराहरु , सास्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरुबाट बढ्दो मात्रामा पर्यटकहरु आर्कषित तवरले आउने गर्दछन । नेपालको ग्रामिण क्षेत्रमा नै विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि सन् २०१६ का लागी उत्कृष्ट प्रमुख गन्तव्य पनि ग्रामिण क्षेत्रमै पर्दछ ।

नेपालमा आउने पर्यटकहरु विशेषत हिमशिखरको आरोहण गर्न , मानसिक शान्ति प्राप्त गर्न , विश्व शान्तिका अग्रदूत गौतम् बुद्दको जन्म्स्थल अवलोकन गर्न , एक सि∙े गैंडाको बारेमा अध्ययन गर्न तथा यहाका विभिन्न कला संस्कृती , धार्मिक सांस्कृतिक स्थलका बारेमा बुझ्न , जैविक विविभताको बारेमा अध्ययन गर्न ,जातजातीका बारेमा अध्ययन अनुसन्धानका लागी मुख्य रुपमा आउने गर्दछन् ।

ग्रामीण पर्यटन , जसमा अन्तर्राष्ट्रिय पर्यटक या आन्तरिक पर्यटक पर्दछन् तर यिनले त्यहाँ कम्तीमा एक रात बिताएकै हुनुपर्दछ । ग्रामिण समुदायको रहनसहन एवं त्यहाँको भौगोलिक वातावरणको परिचय दिनेखालका बनाएर यसतर्फ पर्यटकहरुलाई आकृष्ट गर्न सकिन्छ । सबै गाउँ क्षेत्रले सबै आक्रषण दिन नसके पनि विविध ग्रामिण वातावरणले विविध कार्यक्रम दिई पर्यटकको गन्तव्य स्थल बन्न सक्छ ।

नेपालका ग्रामण क्षेत्रले तिनको भौगोलिक अवस्थिती एवं , ऐतिहासिक पृष्ठभूमि अनुसारका सांस्कृतिक र प्राकृतिक दुवैखाले पर्यटक आकर्षण दिन सक्छन । त्यहाँ पर्यटकहरुले पिकनिक, क्याम्पि∙, माछा पार्ने, पौडी खेल्ने, चराहरु हेर्ने प्याराग्लाडिड्ढ , छोटाछोटा दूरीका पदयात्रा प्राकृतिक दृश्यावलोकन, ऐतिहासिक स्थलको भ्रमण, चाडवर्पहरु र मेलापर्व आदि जस्ताँ विभिन्न क्रियाकलापहरुमा आफुलाई सहभागी गराउन पाउँछन् ।

वास्तवमा ग्रामिण क्षेत्रमा हुने पर्यटन लामो समयको लागी हुदैँन तर छोटै अवधिको भए पनि यसले ग्रामिण अर्थतन्त्रमा टेवाचाहिँ नपुर्याउने होईन । ढुवानीको समस्याले अलपत्र परी अनावश्यक रुपमा खपत हुने खाद्यान्न, साग–सब्जी ,फलफुल वा दुग्ध पदार्थको खपतमा वृद्दि हुन गई ग्रामिण समुदायले आफुले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने यो एक सरल उपाय हुन्छ । यसका अतिरिक्त अल्प रोजगारी भएको ग्रामीण क्षेत्रमा नयाँ अवसर पनि खुल्छ । ग्रामीण क्षेत्रका जनसंख्याको मुख्य रोजगारी कृषिलाई पनि प्रवद्र्धन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहायता पुर्याउछ र पर्यटन र यससँग सम्बन्धीत क्रियाकलापको विकास गर्न विस्तार गरिने सडकले ग्रामीण अर्थतन्त्रको विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधार विकास गर्न ढोका खोल्नेमा दुई मत छैन।

ग्रामीण पर्यटनतर्फ साच्चै भन्ने हो भने योजनाकारहरुले, ग्रामीण विकासका लागी योजनाहरु शहरका पाचतारे होटलमा बसेर बनाउने भएकाले मात्रै यसको विकास नहुने कुरालाई विकासवादी अर्थशास्त्रिले सन् १९९० देखि नै बताउँदै आएका छन् । यसैबिच नेपालको ग्रामिण पर्यटन क्षेत्र यससँग सरोकार राख्ने सम्पूण पूर्वाधारको विकास गर्नका पर्यटन मन्त्रालयबाट कदमहरु चालिएको भएता पनि त्यो प्रयाप्त नभएको कुरा सामाजिक अगुवा बाटनै बताउदै आइएको छ । नेपालले आर्थिक अवस्थामा सुधार ल्याउनको लागी कम लगानी र सुनिश्ति तवरले उपलब्धीलाई संस्थागत गर्न सक्ने क्षेत्र भनेको नै ग्रामिण पर्यटन नै हो किनकी यसको सहज र चौतर्फी विकास गर्न आवश्यक पर्ने जनशक्ति नेपाल आफैले पूर्ति गर्न सक्दछ ।

ग्रामीण विकासको अर्थ कुनै पनि ग्रमिण क्षेत्रमा आर्थिक, सामाजिक बनावट मान्यताहरु अन्तर सम्बन्ध र प्रक्रियाहरुको दूरगामी परिवर्तन हो । ग्रामीण जनताको जीवन आपनलाई सरल सहज बनाउनको लागि पर्यटन क्षेत्रको विकास गरिन्छ भने त्यसलाई नै ग्रामिण पर्यटनको विकासको प्रयास भनिन्छ जसको प्रभाव उल्लेखित पक्षमा पर्ने गर्दछ :

क. ग्रामिण रोजगारीका अवसरमा वृद्धि
ख. स्थानिय कला संस्कृतिको संरक्षण , सम्वद्र्धन हुने
ग. सामाजिक आर्थिक पूर्वाधारको विकास र विस्तार
घ. बैदेशिक मुद्राको आर्जन हुने
ङ. नयाँ–नयाँ प्रविधिको आदान प्रदान हुने
च. मानिसहरुमा बढ्दै गएको व्यक्तिगत स्वार्थीपनामा कमी आउने
छ. बढ्दो प्रतिभा पलायन तथा पुँजी पलायन केही हदसम्म रोकिने
ज नयाँ नयाँ लगानीका अवसरहरुको सिर्जना हुने ।
झ आय वितरणमा रहेको असमानतालाई कम गर्न सकिने ।
ञ स्थानिय तहमा रहेको वित अभावको समस्या समाधानको दीर्घकालीन उपायका रुपमा प्रयोग गर्न सकिने ,इत्यादी ।

प्राकृतिक सौन्द्रर्य, अनुपम संस्कृति, अतुलनिय सांस्कृतिक सम्पदा र अनगिन्ती विशिष्टतायुक्त पर्यटकीय स्थलहरुका कारणले नेपाल पर्यटनका लागि प्रमुख गन्तव्य रुपमा विश्वभर परिचित छ । नेपालको ग्रामिण क्षेत्रको पर्यटनमा प्रशस्त सम्भावनाहरु रहेका छन्, जसलाई पहिचान गरी समयमै उचित तथा दीर्घकालीन योजनाहरु बनाई सफलतापूर्वक कायान्वयन गराउन बाट नेपाल सरकार तथा मातहतका कार्यालयहरु नचुकेको खण्डमा नेपाली ग्रामीण पर्यटनले नेपालीहरुको जीवनस्तरमा उल्लेख्य मात्रामा सकारात्मक परिवर्तन ल्याउने कुरालाई विकासवादी अर्थशास्त्रीहरुले प्रष्ट पारेका छन तर विडम्वना नेपाली राजनीतिक दलका नेताहरुले स्वदेशको विकास भन्दा विदेशी दाता मुलुकको हितलाई केन्द्रमा राखेर नेपाली युवा पुस्तालाई वैदेशिक रोजगारीमा पठाई रहेका छन् ।

नेपाली ग्रामिण इलाकाहरुलाई हरेक किसिमका पूर्वाधारबाट विकसित र सुविधा सम्पन्न राख्न सकेको अवस्थामा यस क्षेत्रले देशको अर्थतन्त्रमा सकारात्मक तथा दीर्घकालिन प्रभाव पार्न सक्दछ जसको प्रत्यक्ष फाईदा स्थानीय स्तरका बासिन्दालाई पर्दछ भने यसले स्थानीयस्तरको कला सँस्कृती , भेषभूषा संरक्षणमा सचेतना प्रदान गर्दछ । जसबाट महिला तथा पिछडिएका वर्गले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । नेपालमा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाईन्छ । यस देशमा प्राचिन सँस्कृती , कला र कौशलका अनुपम नमुनाहरु यत्रतत्र देख्न पाईन्छन । नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । विश्वका अन्य पर्यटकीय शहर र क्षेत्रका तुलनामा नेपालको पर्यटकीय क्षेत्रहरु प्राकृतिक रुपमै सुन्दर छन तर तिनको उचित प्रचार प्रसार नहुदा राज्यलाई वर्षेनी करोडैाँ रुपियाँको राजस्व घाटा भइराखेको छ भने बैदेशिक ऋणको भार थपिदै गएको छ ।

सन् १७३७ को वर्ष नेपालमा यूरोपियनहरु भ्रमणमा आएको ईतिहास हामी सामु रहेको छ । तत्कालिन समयमा उनिहरुले नेपालको आर्थिक , सामाजिक , राजनैतिक , धार्मिक अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्नका लागी नेपालको भ्रमण गरेको पाइन्छ । नेपाली पर्यटन क्षेत्रको विकासमा १०४ वर्ष जहाँनिया शासन व्यवस्था सञ्चालन गरेका राणाहरुबाट कुनै कदम अगाडी नबढाइएको कुरालाई इतिहासले नै प्रमाणित गरिदिएको छ भने देशमा चलेको शस्त्र द्दन्द्दले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभावित परेकै हो ।

तथापी पर्यटन क्षेत्र त्यसमा पनि ग्रामिण पर्यटनको विकास भएमा त्यँहा जाने मुख्य पर्यटकहरु सहरी क्षेत्रका हुन्छन , तिनले केही नयाँ कुरा थाहा पाउँछन र ग्रामिण समुदायलाई केही मद्दत गरेर फर्कन्छन् , तुलनात्मक रुपमा शहरी क्षेत्र भन्नाले प्रतिव्यक्ति आय बढि नै हुने समुदाय बसोबास गर्ने भएबाट शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा मानिसहरुको बहाव हुनाले , आय वितरणमा पनि केही हदमा सुधार आउने कुरामा दुईमत हुन
सक्दैन । त्यसैले ग्रामिण क्षेत्रले केही नयाँ या कुनै अनौठो कुरा प्रस्तुत गर्ने प्रयास गरेर पर्यटकहरुलाई उत्प्रेरित गराउन सक्ने वातावरण सिर्जना भएमा क्रमिक रुपमा ग्रामिण विकास हुदै जान्छ र सुरुमा सहायक गन्तव्य स्थल भएपनि पछि गएर प्राथमिक गन्तव्यस्थलको रुपमै पनि विकसित हुन सक्छ ।

वास्तवमा ग्रामिण पर्यटनलाई उकास्न त्यति सजिलो छैन् त्यहाँ व्याप्त अभाव वा असुविधालाई सम्झेर नै मानिसहरु जाने मन गर्दैनन् यसको लागी यातायात , आवास र खानेकुरा त मुलभुत रुपमै नभै नहुने कुरा भए । सुविधायुक्त आवास स्वादिष्ट खाना योजनालाई केही समयको लागि थाँती राखेर भए पनि यातायातको विकास नभै सकेको क्षेत्रमा छरिएर रहेका ग्रामीण क्षेत्रमा पदयात्राको रुपमा पर्यटकहरुलाई आकृष्ट गर्न सकिन्छ भन्ने कुराको कुनै निश्चितता छैन तापनि त्यहाँको आर्कषणहरुको व्यापक प्रचार प्रसार क्रमिक रुपमा आन्तरिक र अन्र्तराष्टिय पर्यटक बढाउने प्रयास हुनुपर्दछ ।

नेपालमा पर्यटन क्षेत्रबाट आज करिब १ लाख ६० हजार मानिसहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यस क्षेत्रबाट नेपाली अर्थतन्त्रले थुप्रै रुपियाँ पैसा तथा ज्ञान , प्रविधि आर्जन गर्न सफल भएकाले यसको विकासका लागी उचित तवरले योजना बनाई कार्यान्वयन गराउनु आजको नेपाली ग्रामिण पर्यटन क्षेत्रको माग हो । ग्रामीण पर्यटकको विकासबाट देशमा विभिन्न प्रकारका घरेलु तथा साना उधोगको विकासमा टेवा पुग्दछ र त्यस्ता उद्योगबाट उत्पादित हस्तकलाका सामग्रीहरु आन्तरिक तथा बाह्य पर्यटकहरु ले खरिद गर्दछन ।

ग्रामीण गरिबी, असमानता, बेरोजगारी, प्रविधिक तथा आर्थिक पछौटेपन जस्ता समस्या समाधान गर्नमा सहयोेग प्राप्त हुने गर्दछ ।नेपालका थुप्रै ग्रामिण बस्तीहरु ग्रामिण पर्यटक विकासको लागि उपयुक्त भएता पनि त्यहा सस्म पुग्ने सहज पहँुचको अभावले गर्दा पछाडि परेका छन् । जसको प्रत्यक्ष घाटा देशको अर्थतन्त्रमा परेको छ जसलाई समयमै देशका नीति निर्माता, योजनाकार, पर्यटक व्यवसायी तथा सचेत नागरिकले मध्यनजर गरि देशको आर्थिक क्रान्तिको शसक्त र प्रभावकारी स्रोतका रुपमा ग्रामिण पर्यटकहरुलाई नै छनोट गर्न चुक्नु हुन्न ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?