ताजा अपडेट »

प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन फागुनमा

मंगलबार, ०४ असोज २०७९, २२ : २३
14 Shares

बुटवल । प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुनमा हुने भएको छ । असोज १ र २ गते प्रशिक्षणसहित दाङको भालुबाङमा सम्पन्न केन्दीय समिति बैठकले फागुनमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको तिथि मितिपछि तोकिने छ । बैठकपछि संघका केन्द्रीय संयोजक श्यामलाल पोखरेलले जारी प्रेस विज्ञप्ति अनुसार बैठकले मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेको छ ।

बैठकले बैठकले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिल विधेयकमा समाचार लेखेकै कारण अपराधीलाई झै लामो अवधिको सजाय प्रस्तावित गरिएकाले खारेजीको माग गरिएको हो ।

उक्त विधेयकका विरोधमा आउने पत्रकार संग सम्बन्धित संगठनहरुससित सहकार्य गर्ने बैठकले निर्णय गरेको विज्ञप्तमिा उल्लेख छ ।
त्यस्तै, केन्द्रीय सचिवालय गठन, सल्लाहकार नियुक्ति, त्रैमासिक कार्यक्रम, अक्षयकोष निर्माण लगायतका विषयबारे बैठकमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सल्लाहाकारहरु चयन गर्नुका साथै सचिवालय गठन गरेको छ । त्रैमासिक रूपमा भौतिक उपस्थिति वा भर्चुअल कार्यक्रम गर्ने र पत्रकारहरुका लागि अक्षयकोष स्थापना गर्ने निर्णय भएको विज्ञप्तमिा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।