ताजा अपडेट »

भिएस ग्रुपका आइप्रो लगाएतका ब्राण्डेड मोबाइल बजारमा

सोमबार, ०३ असोज २०७९, १४ : ४५
28 Shares

बुटवल । मोबाइल उत्पादक तथा वितरक कम्पनी भिएस ग्रुप प्रा.लि.ले आइप्रो, क्यानभास र गे्रट एसिया ब्राण्डका बिभिन्न मोडलका मोबाईल फोनहरु बजारमा ल्याएको छ । आउँदै गरेको दशैं तिहार छठ जस्ता चाडपर्वहरुलाई मध्ये नजर गर्दै गुणस्तरिय, सस्तो र सुलभका साथै प्रयोग गर्न सहज किसिमका मोबाइल सेटहरु बजारमा ल्याएको हो ।

नेपाली ग्राहकहरुको चाहना, बजारको आवश्यक्ता र मागअनुसार एक दर्जन बढस् बिभिन्न मोडलका मोबाईल फोनहरु उत्पादन गरि नेपाली बजारमा ल्याएको नेपालस्थित भिएस ग्रुपका संचालक सुनिता सुबेदीले बताइन् ।

सञ्चालक सुबेदीका अनुसार आइप्रो, क्यानभास र ग्रेट एसिया ब्राण्डका १२ प्रकारका किप्याड सिस्टम र ५ प्रकारका एन्ड्रोइड स्मार्ट फोनहरुका साथै ल्यापटप, ट्याब्लेटस् र अन्य ग्याजेट्स सामग्रीहरु बजारमा आएका छन् । त्यस्तै विभिन्न ब्राण्डमा ४ जिबी र्याम सहित ६४ जिबी क्षमताका मोबाइलहरु रहेको सुबेदीले जनाइन्।

सामान्य साक्षर र कम आयश्रोत भएका नागरिकले पनि सहजै प्राप्त गर्न र प्रयोग गर्न सक्ने निकै सस्तो दरका साथै सुविधाजनक स्मार्ट मोबाइल प्रयोगकर्ताका लागि पनि आइप्रो ,क्यानभास र ग्रेट एसिया ब्राण्डका सबै प्रकारका मोबाइल फोनहरु बजारमा उपलब्ध रहेको बुटवलस्थित डिस्टिब्यूटर्स फोस एस मल्टी बिजनेश प्रालिका संचालक बिजय वर्नवालले बताए ।

बुटवलमा आयोजित बिक्रेता भेलामा सहभागिहरुले मोबाइल फोनको आवश्यक्ता र औचित्य पुष्टि गर्ने खालका ब्राण्डहरुको माग अत्यधिक रहेको बताएका थिए ।

सो अवसरमा मोबाइल बिक्रेता संघ रुपन्देहीका अध्यक्ष बिष्णु ज्ञवाली, ब्यबसायीहरु बिशाल आचार्य, केशव खनाल, कम्पनीका राष्ट्रिय बिक्रि प्रबन्धक बिनोद बराल, क्षेत्रिय बिक्री प्रबन्धक बिजय पाण्डे लगाएतले ग्राहकको सुविधा र समयको मागअनुसारका मोबाइल सेटहरुको बजारमा प्रसस्त माग रहेको उल्लेख गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।