११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । रुपन्देही डान्स स्टारको ग्राण्ड फिनाले असोज १ मा हुने भएको छ । छमछमी कला केन्द्र बुटवलको आयोजनमा भएको तेस्रो संस्करणको प्रतियोगिता भदौं ४ गतेबाट सुरु भएको थियो । प्रतियोगिताको फाइनल बारे सोमबार आयोजक छमछमी कलाकेन्द्रले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

Advertisement

बुटवल लगाएत रुपन्देहीका विभिन्न स्थानमा भएको अडिसनमा ३ सय बढीले सहभागिता जनाएको प्रतियोगितामा उपाधिका लागि फाइनलमा १५ जनाले प्रतिष्पर्धा गर्ने कला केन्द्रका अध्यक्ष किशोर थापाले जानकारी दिए।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा हुने फाइनलमा राष्ट्रिय गायक हेमन्त शर्माको प्रस्तुति समेत रहने उनले जानकारी दिए। फाइनलमा ७० प्रतिशत निर्णायकको निर्णय र ३० प्रतिशत(बढीमा ५ हजार बराबरको) भोटिङको माध्यमबाट नतिजा निकालिने जानकारी दिए। फाइनलको निर्णायकमा कलाकारहरू नारायण थापा, अनु रजक र गीता थापा घिमिरे रहने उनले बताए।

एकल, जोडी र सामूहिक गरी ३ विद्यामा हुने प्रतियोगितामा विजेतालाई ७० हजार नगद र म्यूजिक भिडियोमामा अवसर तथा द्वितीयलाई ५० र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने पूर्व निर्णय भएको बताउँदै उनले यसमा पुरस्कार थपिएको बताए। थपिएको पुरस्कार प्रथम र द्वितीयलाई बुटवलको गार्गी एकेडेमीले कक्षा ११ र १२ निःशुल्क अध्यापन गराउने तथा फाइनलमा पुगेका १५ जनालाई क्यानन मावि बुटवलले कक्षा १२ सम्म ५० प्रतिशत छुटमा अध्यापन गर्ने सम्झौता भएको बताए।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा