६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । श्री नेवाः पुचः (नेवाः समाज विकास परिषद्) केन्द्रिय कार्यसमिति बुटवल, रुपन्देहीको २२ र्औ साधारण सभा तथा आठौ अधिवेशन नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुनः काजीमान श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

जस्को वरिष्ठ उपाध्यक्षमा कल्याणी लाकौल, उपाध्यक्षमा रविन्द्र कक्षपति, सचिव लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष चिरञ्जिवी श्रेष्ठ र सहसचिव मोती प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा दिल्ली कुमार श्रेष्ठ, अजय श्रेष्ठ, हिरा कुमारी श्रेष्ठ, निर्मला श्रेष्ठ, दिव्य राजभण्डारी, शमा श्रेष्ठ, टुप्ला श्रेष्ठ, दीपक कुमार श्रेष्ठ, आनन्द भगत श्रेष्ठ, सीता श्रेष्ठ, विक्रम राजभण्डारी र लक्ष्मी श्रेष्ठ चयन भएका छन् ।

आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवल क्षेत्रका सबै समुदायका भाषा र संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्न बुटवल नगर लागि पर्ने बताएका छन् । उनले सबै सुमदायसंग सहकार्य गरेर नगर अगाडि बढ्ने समेत बताए। राष्ट्रभाषा संरक्षणका लागि बुटवल उपमहानगरपालिकाको नागरिक बडापत्र समेत बुटवलमा मूख्य बाहुल्य जनसंख्या रहेको जाति तथा समुदायको भाषा तथा लिपिमा पनि लेखीने योजना रहेको बताए ।

सो अवसरमा नेपाल आादिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, श्री नेवाः पुचः (नेवाः समाज विकास परिषद्) केन्द्रिय कार्यसमिति बुटवल, रुपन्देहीका निवर्तमान अध्यक्ष ज्ञानु लिगल लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य