काठमाडौं । धरान उपमहानगरपालिकामा खानेपानी आपूर्ति प्रभावित भएको छ ।अत्याधिक बर्षाको कारण लेदो बग्न थालेपछि मूहानबाट आउने पानी बन्द गर्नुपरेको उपमहानगरका मेयर हर्क साम्पाङले बताए ।
‘अत्याधिक बर्षादको कारण लेदो बग्न थालेपछि मूहानबाट आउने पानी बन्द गर्नु परेकोले हाल शहरमा पानीको आपूर्तीमा गिरावट भएको जानकारी गराउँदछु ! केही समयपछि आपूर्ती शुचारु हुनेछ !’ साम्पाङले सामाजिक सञ्जालमार्फत् भने । मेयरमा निर्वाचित भएपछि साम्पाङ सर्दु खोलाको पानी धराने जनतालाई खुवाउन लागिपरेका छन् ।
प्रतिक्रिया